२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाफा कमाउँदै आएको निगम अहिले ४ अर्ब घाटामा



अ+ अ-

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार अहिले निगम ४ अर्ब रुपैयाँ घाटामा गएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा निरन्तर इन्धनको मूल्य बढेकाले निगमले अहिले घाटा बेहोर्नुपरेको हो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा मात्र निगमले १२ अर्ब ८७ करोड रुपैयाँ नाफामा कमाएको थियो । आव २०७१/७२ देखि नाफा कमाउँदै आएको निगम ६ वर्षपछि आएर घाटामा गएको छ । गत पुसदेखि निरन्तर इन्धनको मूल्य बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा निगमको व्यापारमा प्रत्यक्ष असर परेको छ ।

निगमका अनुसार पेट्रोलियम पदार्थको आयात भने १० अर्ब रुपैयाँले बढेको छ । बजारमा इन्धनको खपत बढेकाले अघिल्लो वर्षको तुलनामा गएको आर्थिक वर्षमा इन्धन आयात बढेको निगमले जनाएको छ । नेपालमा आयात हुने वस्तुमध्येमा सबैभन्दा बढी आयात हुने पेट्रोलियम पदार्थ नै हो । निगमका अनुसार आव २०७६/७७ मा १ खर्ब ४५ अर्ब रुपैयाँबराबरको २६ लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएकामा आव २०७७/७८ मा वर्ष १० अर्ब रुपैयाँले आयात बढेर १ खर्ब ५५ अर्ब रुपैयाँबराबरको २८ लाख ६७ हजार किलोलिटर इन्धन आयात भएको छ ।
निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार बजारमा खपत बढेकाले १० अर्ब रुपैयाँले इन्धन आयात बढेर १ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कोभिडको संक्रमण नियन्त्रण गर्न लामो समयसम्म गरिएको निषेधाज्ञाको कारणले गर्दा बजारमा इन्धन खपत कम भएको थियो । यो वर्ष निषेधाज्ञा नभई निरन्तर रूपमा सवारी साधन चलेकाले पनि इन्धन आयात बढेको हो ।

निगमका अनुसार एक वर्षमा सबैभन्दा धेरै डिजेल १७ लाख किलोलिटर आयात भएको छ । यस्तै, पेट्रोल ५ लाख ८७ हजार किलोलिटर, मट्टीतेल २४ हजार किलोलिटर र हवाई इन्धन ६८ हजार किलोलिरट आयात भएको छ । यस्तै, खाना पकाउने एलपीजी ग्यास ४ लाख ८५ हजार ७ सय मेट्रिक टन आयात भएको निगमले जानकारी दिएको छ । १ खर्ब ५५ अर्ब रुपैयाँको इन्धन आयात गरेबापत निगमले सरकारलाई एक वर्षमा ९८ अर्ब रुपैयाँ राजस्व बुझाएको छ । एक वर्षको अवधिमा निगमले पूर्वाधारमा २२ अर्ब, वातावरण शुल्क ३ अर्ब ४३ करोड, सडक मर्मत दस्तुर ५ अर्ब २५ करोड, भन्सार शुल्क ३७ अर्ब, मूल्य अभिवृद्धि कर २९ अर्ब तिरेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा १ खर्ब ९२ अर्ब ७२ करोड रुपैयाँबराबरको २९ लाख ३८ हजार ९ सय ३० किलोलिटर इन्धन आयात भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा मुलुकले १ खर्ब ५४ अर्ब ७९ करोड रुपैयाँबराबरको २७ लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात गरेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।