५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री निवास निर्माणमा तीव्रता



अ+ अ-

काठमाडौं । आगामी प्रतिनिधि सभाको निर्वाचन अगावै ललितपुरको पुल्चोकस्थित मन्त्री निवासलाई स्थानान्तरण गरी भैँसेपाटीस्थित नवनिर्मित आधुनिक मन्त्री निवासमा सारिने भएको छ । हाल निर्माणाधीन अवस्थामा रहेको सङ्घीय मन्त्री निवास पूर्णरूपमा तयार हुन भने अझै केही महिना लाग्ने छ ।

निर्माणाधीन निवासमा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, सङ्घीय मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय रहने छ ।

कोरोना महामारीका कारण अहिलेसम्मको निर्माण लक्ष्य पूरा नभए पनि ढिलो हुन गएको समयलाई समेत व्यवस्थापन गर्दै निर्धारित समयमा नै काम सम्पन्न हुने र आगामी निर्वाचन अगावै मन्त्री निवास पुल्चोकबाट भैँसेपाटी स्थानान्तरण गर्ने गरी काम भइरहेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।