• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन

उम्मेदवार प्रचारमा, मतदाता खेतमा



खजुरा । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवार अहिले चुनावी प्रचारको अभियानमा जुटेका छन् । निर्वाचनमा आआफ्ना ऐजेण्डा सहित उम्मेदवार मतदाता समक्ष पुगेका छन् । तर, बाँके जिल्लाका किसानलाई भने बर्ष भरि आफुले गरेको मेहनतको खेतीबाली धान भित्र्याउन चटारो छ । नेताहरु गाउँमा जाँदा अधिकांस मतदाता भने खेतमा भेटिने गरेका छन् ।

चुनाव आउन अब करिव दुई हप्ता मात्र रहदा किसानहरु भने वर्षदिनको अन्न धान स्याहार्ने कामलाई पहिलो प्राथामिकता राखेको खजुराका किसान हरिहर थारु बताउनुहुन्छ । किसानलाई अहिले धान भित्र्याउन भ्याइनभ्याई छ भने उम्मेदवारलाई गाउँ टोल बस्तीमा गएर मत माग्न भ्याइनभ्याई छ । नेता गाउँ पुग्दा धान काट्न गएका किसानलाई फोन गरेर समेत बोलाउने गरेका छन्, भने कतिपय नेता त खेतमै मत माग्न पुग्ने गरेको बाँके बैजानाथ गाउँपालिका–७ पेडारीका किसान लोहारी थारुले बताउनुभयो ।

उहाँका अनुसार विगतको निर्वाचनमा भने प्रचारप्रसार गर्न लस्करै निस्कने सर्वसाधारण मतदातालाई यसपालीको चुनावले खेतीपातीको मौसममा समय छुट्ट्याउन समस्या भएको छ । किसान लोहारी थारु भन्नुहुन्छ, “कतिपय ठाउँमा नेता भोटमाग्न खेतमै पुग्दा मात्रै चुनाव आएको जस्तो अनुभुति हुन्छ ।” किसानले धान भित्र्याउने काम समयमा नसक्दा प्रचारप्रसार गर्न ढिलाइ भएको उहाँको भनाइ छ ।

चुनावको बेला राजनीतिक दल तथा उम्मेदवार आप्mनो घोषणापत्रमा कृषिसम्बन्धी समस्या तथा सवाललाई मुद्दा बनाउने गर्दछन् । यसपालीको चुनावमा पनि दलहरुले आप्mनो घोषणापत्रमा कृषिका सवाललाई पुनः समेटेका छन् ।

यसपालीको चुनावमा किसानको पिरमर्का बुभ्mने नेतालाई मात्रै भोट दिने नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीका किसान गोपी यादवले बताउनुभयो । समयमा मलबीउको उपलब्धता, आधुनिक कृषि उत्पादनमा जोड, कृषि अनुदान, बजारीकरण, कृषि प्रोत्सहानलगायतका सेवा सरकारले दिनुपर्दछ । यस्तो सेवा दिने नेतालाई मात्रै यसपटक मत दिने यादवको भनाइ छ ।

वर्षाँैदेखि कृषि मलको समस्या झेल्दै आएका किसानलाई राहत दिने नेतालाई अहिलेको निर्वाचनमा मतदान गर्ने बाँके डुडुवा गाउँपालिका–४ का किसान बाबादिन धोबीले बताउनुभयो ।

निर्वाचनमा सबै उम्मेदवारले विकास निमार्णका योजनासँगै जनतासँग प्रत्यक्ष सरोकार राख्ने सवालका बारेमा योजना तथा प्रतिबद्धता आ–आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् ।

सोही घोषणापत्रलाई जनतामाझ उम्मेदवार प्रचार गरिरहेका छन् । नेताहरुको घोषणापत्र हेर्दा प्रायः महत्वकांक्षी योजना मात्र भएको किसान अगुवा जगदीसप्रसाद विश्वकर्माले बताउनुभयो । वर्षभरी पेट भर्ने अन्न हो धान । अहिले किसानलाई चुनाव भन्दा धान नै प्यारो छ । धान स्याहार्ने सिजनमा निर्वाचनको मिति परेकाले उनीहरु प्रचारप्रसारमा सहभागि हुन नसकेको बताउछन् ।