काठमाडौं । सरकारले आउँदो साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । यस अवधिमा जापानबाट ८ लाख र भुटानबाट ३ लाख डोज कोरोना विरुद्धको खोप शनिबार र आइतबारसम्म आइसक्ने र लगाईने पनि पनि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्यमन्त्री श्रेष्ठका अनुसार आगामी असोजसम्म १ करोड ५ लाख डोज खोप आउनेछ। त्यस्तै बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको स्वास्थ्यमन्त्री श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्यमन्त्री श्रेष्ठ आफैले साउन २५ गतेदेखि खोप सप्ताह मनाउनेबारे जानकारी दिएका हुन् ।











