११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

भूमि आयोग विघटन गर्नुको औचित्य पुष्टि गरेर देखाउन सरकारलाई पूर्वमन्त्री अर्यालको चुनौति

भूमि आयोग विघटन गर्नुको औचित्य पुष्टि गरेर देखाउन सरकारलाई पूर्वमन्त्री अर्यालको चुनौति
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी नेतृ एवम् पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्नुको औंचित्य पुष्टि गरेर देखाउन सरकारलाई चुनौति दिनु भएको छ ।

नेतृ अर्यालले १२ लाख भूमिहिन गरिव नागरिकलाई आगामी असोजबाट जग्गाधनी लालपूर्जा उपलब्ध गराउने गरी आयोगले काम गरिरहेका बेला सरकारले उनीहरुमाथि गम्भिर चोट पु¥याउने गरी आयोग विघटन गरेको भन्दै आपत्ति जनाउनु भयो । 

शनिबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नु भयो, ‘१२ लाख भूमिहिन दलित, सुकुम्बासी र अव्यस्थित ढंगले बसोबास गरिरहेका गरिव जनतालाई आगामी असोजबाट जग्गाधनी लालपूर्जा दिने तयारीका साथ अघि बढिरहेको आयोगलाई सरकारले विनाकारण विघटन ग¥यो । यसको पछाडि आयोगले काम नगरेर होईन् । 

आयोगले रफ्तारका साथ संरचनाहरु निर्माण गर्दै स्थानीय तहसँग कार्य सम्पादन सम्झौंदा गर्दै भूमिहिनहरुको पहिचान गरेर कामलाई अघि बढाईरहेको थियो । त्यस कामलाई पारदर्शी बनाउन आयोगले सफ्टवेयरको समेत व्यवस्था गरेको थियो । अव असोजदेखि पूर्जा बाँडने गरी आयोगले तयारी गरिरहेको थियो । 

आयोगले स्थानीय तहलाई ती कामका लागि आवश्यक वातावरण बनाई दिने काम गरिरहेको थियो । कानुन बनाउनका लागि सहजीकरण गरिरहेको थियो । मैले भनेको थिए–ती सुकुम्बासीहरुको समस्या अव समाधान हुनेछ । जनता उत्साहित भएर अव लालपूर्जा पाउने भयौं । दशैंमा हर्षबढाईका साथ लालपूर्जा पाउने भयौं भन्ने उत्साहित भएका थिए । तर वर्तमान सरकारले एकाएक राजनीतिक पूर्वाग्रहको कारणले जुन ढंगले आयोग विघटन ग¥यो । त्यसले यो सरकार भूमिहिन गरिवको होकि, होइन  ? भन्ने प्रश्न खडा गराएको छ ।’

नेतृ अर्यालले केपी ओली नेतृत्वको अघिल्लो सरकारले कानुन सम्मत ढंगले सो आयोग गठन गरेको दावी समेत गर्नु भयो । उहाँले भूमि ऐनको आठौ संशोधन गरेर भूमिहिनको समस्या समाधान गर्न सो आयोग गठन गरेपनि वर्तमान सरकारले विघटन गरेर भूमिहिनमाथि लात हानेको आरोप समेत लगाउनु भयो । नेतृ अर्यालले भन्नु भयो, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएलगत्तै भूमिहिन गरिव नागरिकमाथि लात हानेर गम्भिर चोट पु¥याउनु भयो । 

यो सरासर गल्ती कुरा थियो । यो आयोग कानुनसम्मत छ कि छैन ? भन्ने कुरा छाडि दिऊ । केही कुरा नपुगे संशोधन गरेर अघि बढन सकिन्थ्यो । आयोगको नै विघटन गर्नुपर्ने छ र ? गठन आदेश संविधानसम्मत नभए सच्याउन सकिन्थ्यो । कानुन संशोधन गर्न परे संसदमा लग्न सकिन्थ्यो । यसका लागि पनि आयोग विघटन होइन्, ऐन संशोधन गर्न सकिन्थ्यो । यसले यो सरकारको नियत नै खराव देखिन्छ ।’

नेतृ अर्यालले वर्तमान सरकारले नयाँ आयोग बनाउने भनेपनि भूमिहिनहरुको समस्याभने समाधान गर्न नसक्ने दावी समेत गर्नु भयो । आफ्ना कार्यकर्ता भर्ती गर्न वर्तमान सरकारले आयोग गठन गर्न सक्ने भएपनि ती भूमिहिनहरुको समस्या भने समाधान गर्न नसक्ने उहाँले पटक पटक दोहो¥याउनु भयो । 

नेतृ अर्यालले ओली नेतृत्वको सरकारले गठन गरेको आयोग विघटन गर्नुको हतारो आफ्ना राजनीतिक कार्यकर्ता भर्ती गर्नु रहेको पुष्टि भएको पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘फेरी अर्को आयोग गठन गर्ने हो भने उहाँहरुलाई हतारो के रैछ त भन्दाखेरी आफ्नो कार्यकर्ता भर्ती गर्नु । त्यही कारणले सो आयोग विघटन गरेको रैछ भनेर बुझ्नु प¥यो नि ? लाभग्राही तिनै हुन । काम त्यही गर्ने हो भने किन विघटन गरेको ?’

नेतृ अर्यालले भूमिहिनहरुको समस्या समाधान गर्न रफ्तारले काम गरिरहेको आयोग विघटन गरेर सरकारले मुद्दा मामिलाको विषय बनाएको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘अव यो मुद्धा मामिलाको विषय बन्यो । अदालतले के भन्ला, त्यो अदालको विषय भयो । 

तर भूमिहिन जनताले त दुःख पाएन नि । उनीहरुलाई त ढिला भयो नि । वर्तमान सरकारले भूमिहिनहरुको समस्या समाधान गर्न चाहेन । आफ्नै पार्टी नेतृत्वको सरकार नआई यो समस्या समाधान हुन सक्दैन ।’