८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

आचारसंहिता उल्लङ्घनविरुद्ध एकै दिन नौ स्पष्टीकरण

आचारसंहिता उल्लङ्घनविरुद्ध एकै दिन नौ स्पष्टीकरण
अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लङ्घनविरुद्ध परेका उजुरीका आधारमा आज एकै दिन नौ वटा स्पष्टीकरण सोधेको छ ।

आयोगले लाभको पदमा रहेका, निर्वाचनका उम्मेदवार, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा सरकारी कर्मचारीसमेतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन बेल्लाबेग्लै पत्र पठाएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताको पालना गर्न सबैमा आग्रह गर्दै उल्लङ्घनका उजुरी र सूचना प्राप्त भएमा अनुसन्धान र कारबाही प्रारम्भ हुने बताउनुभयो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड ९क० मा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने’ व्यवस्था छ । आयोगमा हालसम्म १५० उजुरी परेकामा करिब ६० वटा स्पष्टीकरण सोधिएको छ ।

भूमि आयोगका जिल्ला अध्यक्षलाई स्पष्टीकरण
आयोगले राष्ट्रिय भूमि आयोग, पर्वतका अध्यक्ष उदय सुवेदीलाई आफ्नो पदीय दायित्वसमेत ख्याल नगरी लगातार निर्वाचनसम्बन्धी दलका बैठक, कार्यक्रम र भेलालगायतमा सहभागी भएको भन्ने विषयमा निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्वतमा प्राप्त हुने गरी स्पष्टीकरण सोधेको छ ।

गाउँपालिका अध्यक्ष र वडाध्यक्षलाई स्पष्टीकरण
आयोगले पर्वतको जलजला गाउँपालिका अध्यक्ष राजु आचार्यलाई आफू बहाल रहेको स्थानीय तहमा राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण मागेको छ । आचार्यलाई आफ्नो पदीय दायित्वसमेत ख्याल नगरी लगातार निर्वाचनसम्बन्धी दलका बैठक, कार्यक्रम र भेलालगायतमा सहभागी भएको भन्नेसमेत व्यहोराको उजुरी आयोगमा प्राप्त भएकाले निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्वतमा प्राप्त हुने गरी स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिताको दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (क)मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने तर स्थानीय कार्यपालिकाका पदाधिकारी आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्थाप्रति स्मरण गराउँदै आयोगले गाउँपालिकाको अध्यक्ष रहेको गाउँपालिकाभित्र राजनीतिक दलको वा दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसार गरेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने देखिएको पत्रमा उल्लेख छ ।

यस्तै आयोगले पर्वतको कुश्मा नगरपालिका–९ का अध्यक्ष राम शर्मा लामिछानेलाई आफू बहाल रहेको स्थानीय तहमा राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा पनि स्पष्टीकरण मागेको छ ।

उम्मेदवार जोशीलाई स्पष्टीकरण
आयोगले नेपाली कांग्रेसको तर्फबाट पर्वतका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई पर्वतको पञ्चकोसी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको विषयमा स्पष्टीकरण सोधेको छ । कुश्मा नगरपालिका–१४ आर्थरस्थित सो विद्यालयमा केही दिन पहिले तरुण दलको नामबाट विद्यार्थीलाई कपी कलम वितरण गरेर अभिभावकलाई प्रभावित गर्न कोसिस गरेको भन्नेसमेत व्यहोराको लिखित उजुरी आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था छ । आचारसंहिताको दफा १३ को खण्ड (झ) मा ‘विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रमजस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने’ व्यवस्था छ । उल्लेखित कानुनी व्यवस्थाअनुसार जोशीबाट भएको भनिएको विद्यालयमा कपी कलम वितरण गर्ने कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल देखिएको आयोगको पत्रमा उल्लेख छ ।

सोही विषयमा आयोगले पर्वतको पञ्चकोसी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई निर्वाचन आचारसंहिता विपरीतका कार्यका विषयमा स्पष्टीकरण सोधेको छ ।

शिक्षक तिवारीलाई स्पष्टीकरण
आयोगले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को सरस्वती माध्यमिक विद्यालयका शिक्षक कृष्ण तिवारीलाई राजनीतिक संलग्नताका विषयमा स्पष्टीकरण सोधेको छ । आयोगले शिक्षक तिवारीलाई नेपाली कांग्रेसको नवलपुर क्षेत्र नं २(२) मा प्रदेशसभा कार्यसमिति सभापति पदमा बहाल रहेको र हाल नेपाली कांग्रेसको विभिन्न चुनावीसभा तथा कार्यक्रममा दलको प्रतिनिधिको रुपमा सहभागी भइरहेकाले आचारसंहिता अनुसारको कारबाहीका लागि आयोगमा उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो ।

यस्तै आयोगले पर्वतको नारायणी माध्यमिक विद्यालयका शिक्षक सुभन्तराज सुवेदीलाई राजनीतिक दलको सभा, बैठकमा सहभागी भएको र गुल्मीको महेन्द्र आदर्श नमूना माध्यमिक विद्यालय, प्रधानाध्यापक अनन्तलाल भण्डारीलाई नेकपा ९एकीकृत समाजवादी० को लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेको भन्ने विषयमा स्पष्टीकरण सोधिएको छ ।

शाखा अधिकृतलाई स्पष्टीकरण
आयोगले सप्तरीको राजविराज नगरपालिकाका शाखा अधिकृत मनोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवको प्रचारप्रसार गरेको भनी उजुरी परेको सन्दर्भमा आयोगले यादवलाई स्पष्टीकरण सोधेको हो ।