६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापती देउवालाई महामन्त्रीले राखे यस्तो प्रस्ताव, के मान्लान त देउवा ?



अ+ अ-

काठमाडौं । कांग्रेस महामन्त्री डा शशांक कोइरालाले पार्टीको १४औँ महाधिवेशन मङ्सिरमा गर्न प्रस्ताव गरेका छन् । उनले कोभिड–१९ को समस्या रहेकाले मङ्सिरमा गरौँ भनेर पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर यस्तो प्रस्ताव राखेको बताए ।

महामन्त्री कोइरालाले भने, ‘साउन २८ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सबै विषयमा छलफल  हुनेछ,  स्वाभाविक  नै  छ,  त्यस  बैठकमा  पार्टीको  महाधिवेशनको  नयाँ  कार्यतालिका  विषयमा  समेत छलफल हुनेछ ।’ क्रियाशील  सदस्यको  विवाद  मिलाउने  कुरा  पनि त्यतिबेला टुुङ्गिने विश्वास व्यक्त गर्दै महामन्त्री कोइरालाले  बताए, ‘संवैधानिक  र  कानुनी  व्यवस्थाका विषयमा हामी छलफल गर्नेछौँ । तल्लो तहदेखि माथिल्लो तहसम्म पूरै अधिवेशन गराउँछौँ ।’  

स्थानीय  तहको  अधिवेशनको  कार्यतालिका  प्रभावित  भइसकेको  छ  भने  केन्द्रीय  महाधिवेशन  गर्ने  कार्यतालिका  भदौ  १६  गतेबाट  हो । यस  विषयमा उहाँले भदौ १६ मा सम्पन्न गर्न कठिन छ, कोरोना झन् बढ्दै छ, त्यसैले केन्द्रीय कार्यसमितिले नयाँ  कार्यतालिकाका  विषयमा  निर्णय  गर्ने  जानकारी दिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।