७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

शहरलाई विपद् जोखिम मुक्त कसरी बनाउने , आजै बहस गरौ

शहरलाई विपद् जोखिम मुक्त कसरी बनाउने , आजै बहस गरौ
अ+ अ-

ललितपुर । विकासका नाममा अव्यवस्थित शहरीकरण बढीरहेका बेला नेपालमा ‘भोलिको शहर’लाई जोखिम मुक्त बनाउने अभियानमा संलग्न विभिन्न ५ मुलुकका विषय विज्ञहरुको सम्मेलन शुरु भएको छ ।

ललितपुरमा जारी “टुमरो सिटी अर्वान रिक्स इन ट्रान्जिसन” नाम दिइएको सम्मेलनमा नेपाल लगायत टर्की, केन्या, इक्वेडर र बेलायतका वैज्ञानिकहरु सहभागी छन् । जलवायुजन्य असरका कारण निम्तिनसक्ने विभिन्न किसिमका विपद्का घटनाबाट पुग्नसक्ने क्षतिको पूर्व अनुमान गरी त्यही अनुसारको व्यवस्थापनका लागि सुझाव दिने उद्देश्यका साथ वैज्ञानिकहरु नेपाल, टर्की, केन्या र इक्वेडरका केही शहरको अध्ययन अनुसन्धानमा जुटेका हुन् ।

५ दिनसम्म चल्ने सम्मेलनमा विषय विज्ञहरुहरुले आ–आफ्नो देशमा भोलिको शहर परियोजना अन्तर्गत अध्ययनका क्रममा प्राप्त भएका उपलब्धि र चुनौतिबारे स्पष्ट पार्नेछन् । युके रिसर्च एण्ड इनोभेसन, बेलायतका विश्वविद्यालय,प्राक्टिकल एक्शन, नेपाल विकास अनुसन्धान संस्था, एनसेट लगायत विभिन्न संस्थाहरुको संयुक्त पहलमा शुरु भएको भोलिको शहर परियोजनाले पूर्वाधार निर्माण गर्दा भविष्यमा पर्नसक्ने विपद् र जोखिमको पूर्व आँकलन गर्नेछ ।

सम्मेलनमा सहभागी बेलायतस्थित इडिबर्ग विश्वविद्यालयका प्रोफसर जोन म्याक्लोस्कीले नेपाल जलवायु परिवर्तनको मुख्य जोखिममा रहेको मुलुकमा पर्ने भएकाले नेपालको नेतृत्वले आगामी दिनमा कसरी सुरक्षित हुने भन्नेबारेमा आजै कुरा उठाउन जरुरी रहेको बताउनु भयो । नेपालमा जलवायु परिवर्तनका कारण भूक्षय, हिमपात, बाढी, पहिरो लगायतका धेरै विपद्हरु वर्षेनी बढीरहेकाले नेपालले प्राकृतिक विपद्मैत्री विकास गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो “बढ्दै गएको शहरीकरणको उचित व्यवस्थापन कसरी गर्ने र भोलिको शहर निर्माणलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर हामीले अध्ययन गरिरहेका छौँ । प्राकृतिक विपद्हरुबाट कसरी बच्ने र पूर्व तयारी कस्तो हुनुपर्छ भन्नेबारेमा हामीले अध्ययन गरिरहेका छौँ । बढ्दो शहरीकरणको व्यवस्थापन अहिले धेरै देशका लागि चुनौती बनिरहेको छ । नेपालमा पनि यसको ठूलो चुनौती रहेको देखिएको छ । त्यसैले आज राम्रो निर्णय गर्नुपर्ने आवश्यक्ता छ ।’

‘प्राकृतिक विपद्का कारण वर्षेनी लाखौँ मानिसको निधन भइरहेको छ । त्यसलाई नै रोक्नका लागि पूर्व तयारी र व्यवस्थापनको महत्व धेरै छ । त्यसैले भोलिको शहर सबैकुराको जोखिमबाट मुक्त हुने किसिमको हुन आवश्यक छ । नेपाल जलवायु परिवर्तनको मुख्य जोखिममा परेको छ । त्यसैले नेपालको नेतृत्वले कसरी हामी आगामी दिनमा सुरक्षित हुने भन्नेबारेमा कुरा उठाउन जरुरी छ । नेपालमा धेरै प्राकृतिक विपद्हरु गइरहेका छन्, जलवायु परिवर्तनका कारण भूक्षय, हिमपात, बाढी, पहिरो लगायतका धेरै विपद्हरु वर्षेनी बढीरहेका छन् । त्यसैले नेपालले प्राकृतिक विपद्मैत्री विकास गर्न आवश्यक छ । साथै विकसित कार्यक्रमहरुबाट जनतमानसमा सचेतना फैलाउन पनि आवश्यक छ ।”


त्यसैगरी युनिभर्सिटी कलेज लण्डनका प्रोफेसर कार्मिन गलासोले विकासको मोडललाई विपद्जन्य जोखिमबाटमुक्त गर्ने बारेमा नै अध्ययन अनुसन्धान केन्द्रित भएको र विभिन्न सामाजिक सञ्जालका माध्यमबाट त्यस सम्बन्धमा जनचेतना फैलाउने काम पनि गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो “बढ्दो शहरीकरण र विपद्जन्य घटनाको समाधानका लागि नीति निर्माण कस्तो गर्ने ? भोलिको शहर कस्तो हुनुपर्छ र कस्तो हुनेछ भन्ने बारेमा अध्ययन गरिरहेका छौँ ।

अहिले हामीले बौद्धिक क्षमता बिस्तार गर्ने र विकासको मोडललाई कसरी लैजाने गर्ने भन्नेबारेमा अध्ययन अनुसन्धान गरिरहेका छौँ । स्थानीय सरकारहरु र नीति निर्माण कर्ताहरुले धेरै भन्दा धेरै नीति निर्माण गरेर बढ्दो शहरीकरण र जलवायु परिवर्तनका कारण भइरहेको असरलाई रोक्ने भन्ने बारेमा सोच्नुपर्छ । यसलाई विज्ञहरुले बनाएको अध्ययन अनुसन्धानको आधारमा नै आगामी नीति निर्माण गर्नुपर्छ । अहिले विश्वमानै भिडियो हेर्नेहरुको संख्या धेरै छ, अनलाइन प्लेटफर्ममा हामीले भिडियोमार्फत विपद्जन्य घटनाको सूचना र सम्प्रेषण गर्ने हो भन यसले पनि धेरै फाइदा पुग्नेछ ।”

एनसेटका उपकार्यकारी निर्देशक डा। रमेश गुरागाईंले नयाँ पूर्वाधार र बस्तीहरुलाई जोखिममुक्त बनाउने अभियानका साथ भोलिको शहर (टुमरो सिटी) परियोजनाले नेपाल लगायत विभिन्न ४ वटा मुलुकका केही शहरमा अध्ययन गरिरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “भोलिको शहर भन्ने अनुसन्धानको परियोजना हो । यसमा ४ मुलुकहरु नेपाल, टर्की, केन्या, इक्वेडर रहेका छन् । यसमा ४ मुलुक र बेलायतका सबै विश्वविद्यालयका प्रोफेसरहरु यहाँ आउनुभएको छ । यसको मुख्य उद्देश्य विपद् व्यवस्थापनमा पहिलेबाट काम गरिरहेका थियौँ । यसमा नयाँ पूर्वाधार, बस्तीहरु जुन हामीले बनाउँछौँ, त्यो बनाउँदा भोलि के होला रु भन्ने कुरालाई अहिले नै अहिले गर्ने हाम्रो निर्णय सही हुन्छ । यो परियोजनाले भोलि बन्ने पूर्वाधारले २० वर्षपछि के होला भन्नेकुरा थाहा हुन्छ । यो वास्तवमा अहिले गरेको निर्णयले भविष्यमा कस्तो खालको असर पर्छ भन्नेकुरा पहिल्यै हेर्ने हो ।”

नयाँ बस्ती वा पूर्वाधार बनाउने क्रममा भोलिको अवस्थाको पूर्व आँकलन गर्नसक्दा जोखिम न्युनिकरण गर्न सहयोग पुग्ने उद्देश्यका साथ नेपालमा शुरु भएको भोलिको शहर ‘टुमरो सिटी’ परियोजनाले हाल ललितपुर महानगरपालिकाको खोकना र बुंगमतिमा अध्ययन अनुसन्धान गरिरहेको छ । सम्मेलन शुक्रवारसम्म चल्नेछ ।