१२ श्रावण २०८३, मंगलवार
,
Latest
झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इच्छुमतीमा भेटिएको संरचना संरक्षण गरिनुपर्छ: पुरातत्व विभाग



फाईल फोटो
अ+ अ-

काठमाडौं । पुरातत्व विभागले इच्छुमती नदी उत्खनन गर्दा भेटिएको संरचना पुरातात्विक महत्वको भएको प्रमाण भेटिएकाले संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।

काठमाडौँ महानगरपालिकाले जयनेपाल हलबाट कमलादीसम्मको इच्छुमती नदी उत्खनन गर्ने क्रममा वीर शम्शेरको पालाका इँटा भेटिएको थियो । यहाँ बनेको संरचना एक सय वर्षभन्दा पुरानो हुनसक्ने प्रमाण भेटिएपछि विभागले पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।

समितिले अध्ययनका क्रममा वीर शम्शेरको शासनकालका इँटा र दस्तावेजसमेत प्राप्त भएको विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिनुभयो । यहाँ बनेको संरचना पुरातात्विक महत्वको पुष्टि भएपछि बाँकी काम गर्दा महानगरले विभागको समन्यविना गर्न नसक्ने उहाँले बताउनुभयो । रासस