२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीका काठमाडौं जिल्ला कमिटी सदस्य एमालेमै फर्किए



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका काठमाडौं जिल्ला कमिटी सदस्य मनोजकुमार श्रेष्ठसहित ६ जना नेकपा एमालेमै फर्किनुभएको छ ।

सोमबार बसुन्धारामा एक कार्यक्रमबीच श्रेष्ठसँगै पवन लामा, अनिश गुरुङ, कृष्ण गुरुङ, समिर कार्की र विकास खत्री एमालेमै फर्किनुभएको हो । उहाँहरुलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, केन्द्रीय सदस्यहरू नारायण सिलवाल, शान्ति अधिकारी र एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलालगायतले पार्टीमा स्वागत गर्नुभयो ।

एमाले प्रवेश गर्नुभएका श्रेष्ठले नेकपा एससँग देश विकासको कुनै भिजन नभएको भन्दै आफ्नो पुरानै घरमा फर्किएको बताउनुभयो । श्रेष्ठले २०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नं। ५ को युवा परिचालनको सचिव भएर काम गर्नुभएको थियो । यस पटक पनि एमाले उम्मेदवारहरू जिताउन युवाहरू परिचालनको नेतृत्व लिने उहाँले बताउनुभयो ।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भ्रममा परेर पार्टीबाट बाहिरिएकाहरुलाई पुरानै घर फर्कन आह्वान गर्नुभयो । राजनीतिक र सांगठनिक जीवन अब कतै विचलित नबनाई एमालेलाई साथ दिई देश द्को अभियानमा लाग्न उहाँले आग्रह गर्नुभयो ।




भर्खरै