२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता, १२ वर्ष कैद सजायको माग



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपमाथि १२ वर्ष कैद सजायको माग गर्दै सरकारी वकिलको कार्यालय काठमाडौँले सोमबार दिउँसो मुद्दा दर्ता गरेको हो ।

आरोपित सन्दीपविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाले अनुसन्धान पूरा गरेर कात्तिक ४ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर बीचमा तिहार सुरु भएकाले उनीविरुद्ध मुद्दा दर्ता हुन सकेको थिएन ।

उनीविरुद्ध प्रहरीले मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो । सो दफाको उपदफा ३ को (घ)मा १२ वर्षसम्म कैद सजाय मागदाबी गर्न सकिने व्यवस्था रहेको छ ।

सो उपदफाको ९घ० मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय माग दाबी गर्न सकिने उल्लेख छ ।

प्रहरीले पीडितलाई क्षतिपूर्ति दिनका लागि सन्दीपको सम्पत्ति पनि छानबिन गरेको बताइएको छ । मुद्दामा पीडितलाई क्षतिपूर्तिको पनि माग दाबी गरिएको छ ।

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरुद्ध होटलका सिसिटिभी फुटेज, बयान र अस्पतालको रिपोर्टलगायत प्रमाण्का रुपमा पेश गरेको छ ।

सन्दीपले इन्कारी बयान दिँदै आएको भए पनि उनीविरुद्ध प्रहरीले मुद्दा पुष्टि हुने प्रमाण संकलन गरेको बताइएको छ । प्रहरीले सन्दीप र पीडित नाबालिगबीच भएका कुराकानीका च्याटहरू पनि रिकभर गरेको छ भने अर्का क्रिकेटर देव खनाल, होटलका सञ्‍चालक, होस्टेल सञ्चालक लगायतसँगसमेत बयान लिएको छ।

प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन्दीपलाई पक्राउ गरेको थियो । उनीमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो।