काठमाडौं । प्रधामन्त्री एवं सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गरेका छन् ।
सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच कार्यदलले बुझाएको सरकारको न्युनतम साझा कार्यक्रमबारे छलफल गरेका हुन् ।
बिहान साढे नौ बजेबाट सुरु बैठकमा कार्यदलले बुझाएको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर सार्वजनिक गर्ने र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो ।











