४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

दार्चुला घटना: भारतीय निर्माण कम्पनीद्वारा गल्ती स्वीकार

दार्चुला घटना: भारतीय निर्माण कम्पनीद्वारा गल्ती स्वीकार
अ+ अ-

दार्चुला । सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती स्वकार गरेको छ । भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’ गल्ती स्वकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको छ ।

शुक्रबार दार्चुलाको ब्यास गाउँपालिका–२ मा दुम्लिङमा महाकाली नदी पारीको भारतीय क्षेत्रमा सडक निर्माणका क्रममा शुक्रबार विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुङ्गाले स्थानीय नेपाली बालक नौ वर्षीय पवन महराको ज्यान गएको थियो । महरा महाकाली किनारमा नेपाली क्षेत्रमा रहेका बेला उक्त घटना घटेको थियो । “भारतीय निर्माण कम्पनीले गल्ती स्वीकार गरेको छ”, जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेश शाहीले भन्नुभयो । उक्त घटनाबारे नेपाली पक्षले भारतीय पक्ष ९निर्माण कम्पनी० र पीडित परिवारसँग छलफल गरेको थियो ।

महाकाली किनारमा भारतले सडक विस्तार गर्ने क्रममा नेपाली पक्षलाई जानकारी नदिइकन विस्फोटक पदार्थ प्रयोग गरेको थियो । भारतीय पक्षले बिनाजानकारी सडक निर्माण गर्ने क्रममा बिस्फोट गराउँदा महराको मृत्यु भएको नेपाली पक्षको आरोप छ । उक्त विषयमा दुवै पक्षबीच छलफल हुँदा भारतीय पक्षले सो घटनाको आफू जिम्मेवार रहेको स्वीकार गरेको शाहीले बताउनुभयो ।

“भारतीय निर्माण कम्पनी क्षतिपूर्ति दिन तयार छ”, उहाँले भन्नुभयो । भारतीय निर्माण कम्पनीले मृतक महरा परिवारका अन्य बालबालिकालाई कक्षा १२ सम्म पढाउने तथा परिवारका एक सदस्यलाई कम्पनीमा रोजगारी दिन सहमत भएको छ । निर्माण कम्पनीले रु १० लाख दिन तयार रहेको जनाए पनि मृतक महराको परिवारले अस्वीकार गरेको प्रहरी निरक्षिक शाहीले बताउनुभयो ।

पीडित बालकको परिवारले भारतीय पक्षसँग १० लाख भारतीय रुपैयाँ क्षतिपूर्तिस्वरुप माग गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । निर्माण कम्पनी गर्ग एण्ड गर्गसित थप छलफल गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाइने उहाँको भनाइ छ ।

छलफलका लागि पीडित परिवारका सदस्य, स्थानीय प्रहरी प्रशासनका प्रतिनिधिलगायतको टोलीले आज भारतको भारतको धारचुला गइ छलफल गरेको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिनासूचना विस्फोटक पदार्थ प्रयोग गरेर पटक पटक ज्यादती गरेको नेपाली पक्षले आपत्ति जनाएको थियो । अब आइन्दा यस्ता गतिविधि रोक्न नेपाली पक्षले भारतीय पक्षसित आग्रह गरेको छ । भारतीय पक्षबाट यसअघि पनि यस्ता घटना हुँदै आएका थिए । भारतले सीमा क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गर्दा नेपालतर्फ घरमा क्षति हुने गरेको स्थानीयवासीको गुनासोे छ ।

शुक्रबार भारतीय निर्माण कम्पनीले सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्दा बालक महराको घटनास्थलमै ज्यान जानुका साथै उनकी दिदी १४ वर्षीया सरिना घाइते भएकी थिइन् । हाल उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । दुवैजना आमाबुवासँगै जङ्गलबाट घर फर्किँदै थिए । बालक महराको शव शुक्रबार राति परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको थियो ।

मृतक बालक दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए । सरिनाको खुट्टामा चोट लागेको बुवा हिक्मतले बताउनुभयो । भारतीय पक्षले जानकारी नदिइकन विस्फोट गराएका कारण छोराको ज्यान गएको उहाँले बताउनुभयो । “म श्रीमती बेरसपति, छोरा पङ्कज, सरिना, पवन र पवेशसँगै लेकबाट घर फर्किदै थिए”, महराले भन्नुभयो, “एक्कासी उछिट्टीएर आएको ढुङ्गा लागे छोरोको ज्यान गयो । विस्फोटक पदार्थ प्रयोग हुँदैछ भन्ने जानकारी पाएको भए छोरा गुमाउनु पर्दैनथ्यो, उनीहरु ९भारतीय पक्ष०ले सिट्टी समेत बजाएनन् ।” महरा परिवार दसैँ तिहारको बिदामा गाईवस्तु तथा भेडाबाख्रा चराउन लेक उक्लिएको थियो । यही कात्तिक १४ गते विद्यालय खुल्ने भएपछि उनीहरु गाउँ फर्किएका थिए ।

भारतीय सडक निर्माण कम्पनी गर्ग एण्ड गर्गले भारतीय क्षेत्रमा हाल सडक चौडा बनाउँदै छ । त्यसका लागि बेला बेलामा उनीहरुले विस्फोटक पदार्थ प्रयोग गर्ने गरेका छन् । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै पनि भौतिक संरचना निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्ने अवस्था भएमा एकअर्कालाई त्यसबारे जानकारी गराउनुपर्ने हुन्छ । “दुवै देशका स्थानीय प्रशासनबीच समन्वय हुनुपर्छ”, प्रजिअ उपाध्यायले भन्नुभयो । तर शुक्रबार भारतीय पक्षले विस्फोटक पदार्थ प्रयोगबारे कुनै जानकारी नदिएको उहाँको भनाइ छ । “घटनाबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छौँ”, प्रजिअ उपाध्यायले भन्नुभयो । घटनाबारे स्थानीयस्तरमा दुवै देशका जिल्ला अधिकारीबीच टेलिफोन संवाद भएको बताइएको छ । रासस