२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको चुवानी घोषणापत्र छठपछि आउने



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले आगामी मङ्सिर ४ गते हुने लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र छठपछि सार्वजनिक गर्ने तयारी गरेको छ ।

एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टका अनुसार घोषणापत्रमा प्राप्त सुझावहरु अध्ययन गरिरहेको र चाडपर्व सकिने बित्तिकै घोषणपत्र सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए ।

“घोषणापत्र बनाउन सुझावहरु धेरैजसो आइसकेको छ, आएका सुझावहरुको अध्ययन भइरहेको छ”, सचिव विष्टले भने, “घोषणापत्रलाई अन्तिम रुप दिएर चाडपर्वलगत्तै सार्वजनिक गर्ने तयारी छ ।”

एमालेको चुनावी घोषणापत्र निर्माणका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा मस्यौदा समिति गठन गरिएकोे छ । उक्त समितिले आएका सुझावलाई समेटेर अन्तिम रुप दिने काम गरिरहेको उक्त विगागले जनाएको छ ।