१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रहरीलाई आइपर्ने हर चुनौतीमा सरकारको पूर्ण साथ छ: गृहमन्त्री

प्रहरीलाई आइपर्ने हर चुनौतीमा सरकारको पूर्ण साथ छ: गृहमन्त्री
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले कानुनले तोकेका जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रहरीलाई आइपर्ने हर चुनौतीमा नेपाल सरकार र गृह मन्त्रालयको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औँ (पोष्ट ग्य्राजुएट डिप्लोमा इन पुलिस साइन्स १२औँ) समूहको दीक्षान्त समारोहमा उहाँले तालिमका दौरान प्रशिक्षार्थीले बगाएको पसिनाले भोलिका दिनमा फिल्डमा आउनसक्ने हर चुनौतीको सामना गर्न सफल र सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री खाणले तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धान क्रममा आउने अवरोधहरूलाई परिणाममुखी बनाउन सफल हुने अपेक्षा रहेको उल्लेख गर्नुभयो । कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेका हर जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको बताउँदै उहाँले दीक्षित हुने अधिकृतहरू हरेक जिम्मेवारी व्यावसायिकतापूर्वक निर्वाह गर्दै नागरिकलाई महसुस हुने गरी सेवा प्रदान गर्न सफल हुने बताउनुभयो ।

गृहमन्त्री खाणले प्रहरीका तालिममा आवश्यकताअनुरूप बजेट विनियोजन हुँदै आएको तथा विकसित चुनौतीको सामना गर्न सक्षम जनशक्तिको विकास गर्न सङ्गठनले थप नयाँ तालिमको महसुस गरेमा नेपाल सरकार र गृह मन्त्रालय सकारात्मक रहेकोसमेत उल्लेख गर्नुभयो ।

समारोहमा गृहमन्त्री खाणले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक कैलाश लिम्बूलाई स्व कुलानन्द स्मृति पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी निरीक्षक आदर्श गिरी, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक आशिष पोखरेल, अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारी, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक अभय लामा, मस्केट्री तथा चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक पूर्णबहादुर केसी र शारीरिक व्यायाम र प्रहरी युक्ति तथा कारबाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक सनम मल्ललाई पुरस्कार प्रदान गर्नाका साथै उत्कृष्ट प्रशिक्षकहरूलाई समेत पुरस्कार प्रदान गर्नुभयो ।

समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेतृत्व विकास प्रहरी निरीक्षक तालिमको अभिन्न अङ्ग रहेको चर्चा गर्दै यस तालिमले दीक्षित हुने प्रशिक्षार्थीहरूको नेतृत्व क्षमतालाई अभिवृद्धि गरी कठिन समयमा उपयुक्त निर्णय लिने मात्र नभई आफू मातहतका दर्जालाई उत्प्रेरित गरी तोकिएको जिम्मेवारी सम्पन्न गर्ने क्षमता प्रदान गरेको विश्वास व्यक्त गर्नुभयो ।

समाज र आम नागरिकले प्रहरीबाट उच्च अपेक्षाहरू गरेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले विवेकसम्मत भई व्यावसायिकता अङ्गीकार गरेमा मात्र आम नागरिकका जायज तथा कानुनसम्मत अपेक्षा पूरा गर्न सकिने उल्लेख गर्नुभयो । व्यावसायिक उत्कृष्टता, निष्ठा र इमानदारीको उच्चतम् स्तर कायम गरी कार्यक्षेत्रमा आफूलाई प्रस्तुत गर्न दीक्षित हुने प्रशिक्षार्थीहरूलाई उहाँले निर्देशन दिनुभयो । कानुनले निर्दिष्ट गरेको गरेको परिधिभित्र रही अपराध अनुसन्धान र कानुन कार्यान्वयनमा कठोरता अपनाउन एवम् गैरकानुनी तथा आपराधिक क्रियाकलापविरुद्ध थप निर्मम हुनसमेत उहाँले निर्देशन दिनुभयो । समारोहमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका सहायक डिन सह–प्राडा हरिप्रसाद अधिकारीले पिजिडिपिएस कार्यक्रमले प्रहरी कर्मचारीहरूलाई अनुशासन र शिक्षा विकास गर्न प्रश्रय दिएको बताउनुभयो ।

प्रहरी सङ्गठनको आवश्यकतानुसार पिजिडिपिएस कार्यक्रमलाई समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने उल्लेख गर्दै सङ्गठनको सेवालाई थप चुस्त र दुरुस्तरूपमा कार्य सम्पादन गर्नका लागि प्रहरी कर्मचारीहरूमा प्रतिबद्धता, निरन्तरता र समन्वय आवश्यक रहेको चर्चा गर्नुभएको समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीलाई शपथग्रहण गराउनाका साथै स्वागत मन्तव्य व्यक्त गर्नुभयो । उहाँले तालिमसम्बन्धी जानकारी दिँदै २०७८ साउन १३ गतेदेखि सुरु भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित पोष्ट ग्य्राजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा १४ महिलासहित कूल एक सय ४६ जना प्रहरी निरीक्षक सहभागी भएकामा सबै जनाले सफलतापूर्वक तालिम हासिल गरेको बताउनुभयो ।

प्रशिक्षार्थीले कवाज प्रदर्शन तथा नेपाल प्रहरी सङ्गीत विद्यालयद्वारा साङ्गीतिक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दीक्षित प्रहरी निरीक्षकलाई आ–आफ्ना अभिभावकले दज्र्यानी चिह्न सुशोभन गर्नुभएको थियो । दीक्षान्त समारोहमा महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव विनोदप्रकाश सिंहका साथै सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, पूर्वप्रहरी महानिरीक्षकहरु, प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक तथा समादेशक, नेपाली सेना तथा सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरु, प्रहरी नायब महानिरीक्षकहरु तथा वरिष्ठ अधिकृतहरु, सञ्चारकर्मीहरु, प्रशिक्षार्थीहरुका अभिभावकहरु तथा अन्य आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।