२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीका पूर्वपोलिटब्यूरो सदस्य भानुप्रकाश एमालेमा प्रवेश



अ+ अ-

नेकपा (माओवादी केन्द्र्) का केन्द्रीय सल्लाहकार सदस्य एवं पूर्वपोलिटब्यूरो सदस्य भानुप्रकाश श्रेष्ठ नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

बुटवलमा शनिबार आयोजित एक कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले श्रेष्ठलाई पार्टी प्रवेश गराउनुभयो । उपाध्यक्ष पौडेलले जनयुद्धबाट मुलुक परिवर्तन हुन्छ भनेर राजनैतिक कमिसारको रूपमा नेतृत्व गरेका नेता श्रेष्ठ अन्ततोगत्वा एमालेमा फर्किएको बताउनुभएको छ ।

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश कमिटी सल्लाहकार जगत गैरे पनि एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय सदस्य गिरधारीलाल न्यौपाने, प्रदेश नेता कृष्ण पौडेल, नेतृ बिमला चौधरी नेकपा –एमाले कपिलवस्तुका अध्यक्ष डम्मर शर्मा लगायत नेताहरूको उपस्थिति थियो ।