१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रविधिमैत्री प्रहरीलाई अनुकुल हुने वातावरण निर्माणमा सरकार प्रतिवद्ध छः गृहमन्त्री(भिडीयोसहित)

प्रविधिमैत्री प्रहरीलाई अनुकुल हुने वातावरण निर्माणमा सरकार प्रतिवद्ध छः गृहमन्त्री(भिडीयोसहित)
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सक्षम प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

आईतवार प्रहरी निरीक्षक आधारभुत तालिम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री खाँणले तालिमका बेला बगाएको पसिनाले आगामी दिनमा देशमा आइपर्ने समस्याको समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरुलाई परिणाममुखी बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री खाँणले कानूनी राज्यको स्थापनाका लागि दृढ रहन प्रहरी संगठनलाई निर्दशनसमेत दिनुभयो । उहाँले आफ्ना जिम्मेवारीहरुलाई पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभुति दिन प्रहरी जवानहरुलाई निर्देशन दिनुभयो । गृहमन्त्री खाँणले प्रविधिबाट सिर्जित नविन समस्याको समाधान प्रविधिमैत्री प्रहरी प्रविधिले सुसज्जित श्रोत, साधनले मात्र सम्भव हुने भन्दै प्रविधिमैत्री प्रहरीलाई अनुकुल हुने वातावरण निर्माणका लागि श्रोत, साधनको व्यवस्थापनमा सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तालिमका बेला तपाईहरुले बगाउनुभएको पसिनाले भोलिका दिनमा फिल्डमा देखिने हरेक समस्या र चुनौतीहरुको समाधानमा सफल हुनुहुनेछ । तालिममा सिकेका सीपमार्फत अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरुलाई परिणाममुखी बनाउन सफल हुनुहुनेछ भन्ने अपेक्षा गरेको छु । नेपाल प्रहरीका तालिम आवश्यक्ता अनुरुप बजेट विनियोजन हुँदै आएको छ । चुनौतीको सामना गर्न सक्षम जनशक्तिको विकास गर्न संगठनले थप नयाँ तालिमको महशुस गरे त्यसमा नेपाल सरकार र गृहमन्त्रालय सकारात्मक छ ।’

कानूनी राज्यको स्थापनाका लागि दृढ रहन निर्दशन गर्दछु । आफ्ना जिम्मेवारीहरुलाई पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभुति दिन निर्देशन दिन्छु । प्रविधिबाट सिर्जित नविन समस्याको समाधान प्रविधिमैत्री प्रहरी प्रविधिले सुसज्जित श्रोत, साधनले मात्र गर्नसक्छ । नेपाल सरकार र गृह मन्त्रालय प्रविधिमैत्री प्रहरीलाई अनुकुल हुने वातावरण निर्माणका लागि श्रोत, साधनको व्यवस्थापनमा सहयोग गर्दै आएको छ । प्रहरीको आधुनिकीकरण र प्रविधिकरण नेपाल सरकारको प्राथमिकतामा छ ।’

गृहमन्त्री खाँणले आगामी दिनमा आउने विभिन्न चुनौतीलाई समाधान गर्न सक्षम बन्ने हरेक कार्यक्रमका लागि सरकार नेपाल प्रहरीको सहयोगमा हुने विश्वास व्यक्त गर्नुभयो ।