६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस दौडाहमा ठाकुर, के छ उनको तयारी ?



अ+ अ-

काठमाडौं । जसपा अध्यक्षबाट उपेन्द्र यादव पक्षले हटाउने निर्णय गरिरहेका बेला महन्थ ठाकुर सोमबार जनकपुरमा अगुवा कार्यकर्तासँग छलफलमा थिए । राजनीतिक जीवनको उत्तरार्द्धमा ‘कठिन मोड’ मा पुगेका ठाकुर एक साताअघि मधेस झरेका हुन् । 

ठाकुरसँग यति बेला न पार्टी न त छ राजनीतिक विरासत । निर्वाचन आयोगले यादवलाई पार्टीको आधिकारिकता दिएपछि आफ्नो पक्षका सांसदको पद कसरी जोगाउने भन्ने तनाव थपिएको छ, ठाकुरमाथि ।

जसपामा सर्वसम्मत ‘नेतृत्व’ मानिने ठाकुरसँग पार्टी नै नरहेपछि मधेस झरेका हुन् । मधेसमा तीव्र राजनीतिक गतिविधि गरिरहेका छन् । उनको यो सक्रियता नयाँ पार्टी गठनका लागि हो वा मधेसमा गुम्दै गएको आफ्नो जनमत रक्षाका लागि भन्ने जिज्ञासा पैदा भएको छ ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।