३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँच्ने आशा जगाउँदै दोस्रो डोज खोप



अ+ अ-

काठमाडौं । थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा ८० वर्षीय वृद्ध हरिबहादुर क्षेत्री सोमबार कोरोनाविरुद्धको खोप लगाउन लामबद्ध थिए । उनले २०७७ साल फागुनमै कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका थिए । दोस्रो मात्रा लगाउने पर्खाइमा रहेका उनी बल्लबल्ल खोप लगाउन पाउने आशामा थिए । उनले पहिले त खोप लगाएर कोरोनाबाट बाँचिन्छ भन्ने सोचेका थिएन, पछि खोपले मात्र बच्न सकिने रहेछ भन्ने थाहा भइसकेपछि कोभिसिल्ड खोप लगाएका थिए  ।

खोप लगाएर बाँचिन्छ भन्ने के आशा छ भन्ने प्रश्नमा क्षेत्री भन्छन्, “पहिले म मात्र होइन बाबु, सबैजना खोप लगाउन अन्योलमा थियौँ । के हो के हो भन्ने थियो तर विस्तारै बुझ्दै जाँदा खोप लगाइसकेपछि कोरोनाबाट मरिने रहेनछ भन्ने बुझियो ।”

अलि चाँडो खोप पाइन्छ भन्ने थियो भन्दै क्षेत्रीले भने, “पहिलो मात्रा खोप लगाएको छ महिनापछि खोप लगाउन पाइयो ।” उनमा कोभिसिल्ड बाहेकको खोप भए पनि एउटै फर्मुलाबाट बनेको हुनाले खोपले केही असर गर्छ कि भन्ने कुनै डर छैन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. झलक गौतमले कोभिसिल्ड लगाएकाका लागि दोस्रो चरणको खोपमा उत्साहजनक ढङ्गले सहभागिता रहेको बताए । डा। गौतमले हालसम्म सबै ठाउँमा कतिले खोप लगाए भन्ने यकिन तथ्याङ्क आउन नसकेको भन्दै जुन ठाउँमा खोप अभियान सञ्चालन भएको छ, त्यहाँ खोप अभियान प्रभावकारी ढङ्गले सञ्चालन भएको दाबी गरेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।