२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपमा नेदरल्यान्ड्समाथि श्रीलंकाको जित



अ+ अ-

काठमाडौं । आइसीसी टी–२० विश्वकपमा श्रीलंकाले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गराएको छ ।

सिमोन्ड स्टेडियममा जारी खेलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई जितका लागि १६३ रनको लक्ष्य दिएको थियो । तर नेदरल्यान्ड्सले भने निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन मात्र बनाउ सक्यो ।

नेदरल्यान्ड्सका ओपनर ब्याटर म्याक्स ओडाउडले नट आउट ७१ रन बनाए । उनले ४० बलमा ५ चौका र १ छक्का हाने । कप्तान स्कट इड्वार्डसले २१ तथा टोम कोपरले १६ रन बनाए । यस्तै बास डि लेडे १४ रनमा आउट भए । श्रीलंकाका वानिन्डु डी सिल्भाले ३ विकेट र महेश थक्सानाले २ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । श्रीलंकाका ओपनर ब्याटर कुसल मेन्डिसले ७९ रन बनाए । उनले ४४ बलमा ५ चौका र ५ छक्का प्रहार गरेका हुन् । चरिथ आशलंकाले ३ चौका सहित ३१ रन बनाए । नेदरल्यान्ड्सका लागि पल भान र लेडेले समान २ विकेट लिए ।

जितसँगैै समुह एकको अंक तालिकामा श्रीलंका शीर्ष स्थानमा उक्लिएको छ ।