२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रि–भिसा र टिकटको आश्वासन बाँड्नेलाई कारवाही हुनुपर्छ: ओली



अ+ अ-

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा फ्रि–भिसा र फ्रि–टिकटको आश्वासन बाँड्नेहरूलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

आज झापाको धुलाबारीमा नेकपा (एमाले) र राप्रपाले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा सम्वोधन गर्दै अध्यक्ष ओलीले रौतहटमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका माधव नेपालले फ्रि–भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित गरेकोप्रति आपत्ति जनाउनुभयो ।

यसैगरी बारा–४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले पनि युवालाई फ्रि–भिसा र टिकटको लोभ देखाएकोमा निर्वाचन आयोगले तत्काल कारवाही गर्नुपर्ने उहाँले वताउनुभयोे ।

सोही कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले कार्यकर्तालाई सूर्यमा भोट नहाले मंसिर ४ पछि पार्टीमा भेट नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘क्षेत्र नं १ मा सूर्यमा हालेको मत क्षेत्र नं.३ मा हलोमा परिणत हुन्छ । अन्य क्षेत्रमा हलोमा परिणत हुन्छ ।’

देश जोगाउनका लागि एमालेसँग तालमेल गरेको अध्यक्ष लिङदेनले बताउनुभयो । उक्त कार्यक्रममा विभिन्न पार्टीका कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।