१९ माघ २०८१, शनिबार
,
Latest
एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

२४ वर्षपछि कांग्रेसले पायो पहिलो गैर–गान्धी अध्यक्ष, खड्गे विजयी, थरुरको भयो जमानत जफत



अ+ अ-

नयाँ दिल्ली । लामो संघर्ष र उथलपुथलपछि भारतीय राष्ट्रिय कांग्रेसले आज नयाँ अध्यक्ष पाएको छ । सीताराम केसरी अध्यक्ष भएको २४ वर्षपछि कांग्रेसले मल्लिकार्जुन खड्गेलाई पहिलो गैर–गान्धी कांग्रेस अध्यक्ष पाएको छ ।

८० वर्षीय खड्गेले पार्टी अध्यक्षको चुनावमा शशि थरुरलाई ठूलो मतान्तरले पराजित गरेका छन् । चुनावअघि नै खड्गेले सहजै चुनाव जित्ने विश्वास गरिएको थियो । उनलाई गान्धी परिवारको पूर्ण समर्थन थियो। खड्गेले ७ हजार ८ सय ९७ मत पाएका छन् भने थरुरले १ हजार ७२ मत पाएका छन् । ४१६ मत बदर घोषित भएको थियो । कुल ९ हजार ३ सय ८५ मत खसेको थियो ।

निर्वाचनका क्रममा कांग्रेसका ९ हजार ९ सय प्रतिनिधिमध्ये ९ हजार ५ सयले मतदान गरेका थिए । यसअघि कांग्रेसमा अध्यक्ष पदका लागि सन् १९३९, १९५०, १९७७, १९९७ र २००० मा निर्वाचन भएको थियो । सन् २००० को चुनावमा सोनिया गान्धीले जितेन्द्र प्रसादलाई पराजित गरेकी थिइन् ।

गान्धी परिवारसँग खड्गेको निकटता र धेरै वरिष्ठ नेताहरूको समर्थनका कारण उनको दाबी पहिले नै बलियो मानिएको थियो। भोट हाल्नुअघि सोनिया गान्धीले ‘म यो दिनको लामो समयदेखि प्रतीक्षामा थिएँ’ भनेकी थिइन् ।

लामो संघर्षपछि अध्यक्ष बने खड्गे

कांग्रेस अध्यक्ष पदका लागि अशोक गहलोत गान्धी परिवारको पहिलो रोजाइ थिए। तर राजस्थानमा कांग्रेसका विधायकहरूको विद्रोही अडानपछि पूरै खेल फेरियो।

राजस्थान एपिसोडपछि गहलोतले माफी मागे तर कांग्रेस उच्च कमाण्डको विश्वास यी सहकर्मीमाथि डगमगाएको थियो। त्यसको लगत्तै कांग्रेसबाट खड्गेलाई अध्यक्षको उम्मेदवार बनाइएको थियो ।

गान्धी परिवारका वफादार

खड्गे सुरुदेखि नै गान्धी परिवारप्रति वफादार छन्। विद्यार्थी राजनीतिबाट सुरु गरेका उनले संघीय राजनीतिमा पनि लामो इनिङ खेले ।

सन् १९६९ मा उनी एमएसके मिल्स कर्मचारी संघको कानूनी सल्लाहकार बने। उनी संयुक्त ट्रेड युनियनका प्रभावशाली नेता थिए । उनले मजदुरहरूको अधिकारका लागि धेरै आन्दोलनहरूको नेतृत्व गरे ।

८० वर्षीय खड्गेको जन्म कर्नाटकको बिदर जिल्लाको वरवट्टी क्षेत्रको एक किसान परिवारमा भएको थियो । उनले नूतन विद्यालय, गुलबर्गाबाट स्कूली शिक्षा पूरा गरे र सरकारी कलेज गुलबर्गाबाट स्नातक गरे। त्यसपछि गुलबर्गाका सेठ शंकरलाल लाहोटी ल कलेजबाट एलएलबी गरेपछि वकालत गर्न थाले ।

सन् १९६९ मा उनी कांग्रेसमा सामेल भए र सन् १९७२ मा कर्नाटकको गुरुमितकल विधानसभा सीटबाट पहिलो पटक विधायक बने। खड्गे गुरुमितकल सिटबाट ९ पटक विधायक निर्वाचित भएका थिए । यस अवधिमा उनले गुन्डुराव, एसएम कृष्ण र वीरप्पा मोइलीको सरकारमा विभिन्न विभागहरूमा मन्त्रीको पद पनि सम्हालेका थिए। उनी गुलबर्गाबाट दुई पटक कांग्रेसको लोकसभा सांसद पनि भइसकेका छन् ।
एजेन्सी