४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

२४ वर्षपछि कांग्रेसले पायो पहिलो गैर–गान्धी अध्यक्ष, खड्गे विजयी, थरुरको भयो जमानत जफत

२४ वर्षपछि कांग्रेसले पायो पहिलो गैर–गान्धी अध्यक्ष, खड्गे विजयी, थरुरको भयो जमानत जफत
अ+ अ-

नयाँ दिल्ली । लामो संघर्ष र उथलपुथलपछि भारतीय राष्ट्रिय कांग्रेसले आज नयाँ अध्यक्ष पाएको छ । सीताराम केसरी अध्यक्ष भएको २४ वर्षपछि कांग्रेसले मल्लिकार्जुन खड्गेलाई पहिलो गैर–गान्धी कांग्रेस अध्यक्ष पाएको छ ।

८० वर्षीय खड्गेले पार्टी अध्यक्षको चुनावमा शशि थरुरलाई ठूलो मतान्तरले पराजित गरेका छन् । चुनावअघि नै खड्गेले सहजै चुनाव जित्ने विश्वास गरिएको थियो । उनलाई गान्धी परिवारको पूर्ण समर्थन थियो। खड्गेले ७ हजार ८ सय ९७ मत पाएका छन् भने थरुरले १ हजार ७२ मत पाएका छन् । ४१६ मत बदर घोषित भएको थियो । कुल ९ हजार ३ सय ८५ मत खसेको थियो ।

निर्वाचनका क्रममा कांग्रेसका ९ हजार ९ सय प्रतिनिधिमध्ये ९ हजार ५ सयले मतदान गरेका थिए । यसअघि कांग्रेसमा अध्यक्ष पदका लागि सन् १९३९, १९५०, १९७७, १९९७ र २००० मा निर्वाचन भएको थियो । सन् २००० को चुनावमा सोनिया गान्धीले जितेन्द्र प्रसादलाई पराजित गरेकी थिइन् ।

गान्धी परिवारसँग खड्गेको निकटता र धेरै वरिष्ठ नेताहरूको समर्थनका कारण उनको दाबी पहिले नै बलियो मानिएको थियो। भोट हाल्नुअघि सोनिया गान्धीले ‘म यो दिनको लामो समयदेखि प्रतीक्षामा थिएँ’ भनेकी थिइन् ।

लामो संघर्षपछि अध्यक्ष बने खड्गे

कांग्रेस अध्यक्ष पदका लागि अशोक गहलोत गान्धी परिवारको पहिलो रोजाइ थिए। तर राजस्थानमा कांग्रेसका विधायकहरूको विद्रोही अडानपछि पूरै खेल फेरियो।

राजस्थान एपिसोडपछि गहलोतले माफी मागे तर कांग्रेस उच्च कमाण्डको विश्वास यी सहकर्मीमाथि डगमगाएको थियो। त्यसको लगत्तै कांग्रेसबाट खड्गेलाई अध्यक्षको उम्मेदवार बनाइएको थियो ।

गान्धी परिवारका वफादार

खड्गे सुरुदेखि नै गान्धी परिवारप्रति वफादार छन्। विद्यार्थी राजनीतिबाट सुरु गरेका उनले संघीय राजनीतिमा पनि लामो इनिङ खेले ।

सन् १९६९ मा उनी एमएसके मिल्स कर्मचारी संघको कानूनी सल्लाहकार बने। उनी संयुक्त ट्रेड युनियनका प्रभावशाली नेता थिए । उनले मजदुरहरूको अधिकारका लागि धेरै आन्दोलनहरूको नेतृत्व गरे ।

८० वर्षीय खड्गेको जन्म कर्नाटकको बिदर जिल्लाको वरवट्टी क्षेत्रको एक किसान परिवारमा भएको थियो । उनले नूतन विद्यालय, गुलबर्गाबाट स्कूली शिक्षा पूरा गरे र सरकारी कलेज गुलबर्गाबाट स्नातक गरे। त्यसपछि गुलबर्गाका सेठ शंकरलाल लाहोटी ल कलेजबाट एलएलबी गरेपछि वकालत गर्न थाले ।

सन् १९६९ मा उनी कांग्रेसमा सामेल भए र सन् १९७२ मा कर्नाटकको गुरुमितकल विधानसभा सीटबाट पहिलो पटक विधायक बने। खड्गे गुरुमितकल सिटबाट ९ पटक विधायक निर्वाचित भएका थिए । यस अवधिमा उनले गुन्डुराव, एसएम कृष्ण र वीरप्पा मोइलीको सरकारमा विभिन्न विभागहरूमा मन्त्रीको पद पनि सम्हालेका थिए। उनी गुलबर्गाबाट दुई पटक कांग्रेसको लोकसभा सांसद पनि भइसकेका छन् ।
एजेन्सी