९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने

मोरङमा निर्वाचन तयारी

मोरङमा निर्वाचन तयारी
अ अ+ अ-

विराटनगर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मोरङमा कूल सात लाख ३५ हजार पाँच सय २५ मतदान रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

जसमा पुरुषको सङ्ख्या तीन लाख ७४ हजार तीन सय २६ र महिलाको सङ्ख्या तीन लाख ६१ हजार एक सय ९३ छ । छ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा निर्वाचन क्षेत्र नं १ मा एक लाख २३ हजार छ सय १५ मतदाता छन् भने सोही क्षेत्रमा प्रदेश सभामा मतदान गर्ने ‘क’ मा ६४ हजार चार सय ८२ र ‘ख’ मा ५९ हजार एक सय ३३ मतदाता छन् ।

निर्वाचन क्षेत्र नं २ मा एक लाख २४ हजार सात सय २९ मतदाता छन् भने सोही क्षेत्रमा प्रदेश सभाका लागि ‘क’ मा ६१ हजार ५८ र ‘ख’मा ६३ हजार ६ सय ७१ मतदाता छन् । निर्वाचन क्षेत्र नं ३ मा एक लाख ४९ हजार आठसय ३३ मतदाता छन् भने प्रदेशसभा तर्फ ‘क’ मा ७५ हजार तीन सय ९३ र ‘ख’मा ७४ हजार चार सय ४० छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं ४ मा एक लाख १० हजार ९३ मतदाता छन् भने प्रदेशसभा तर्फ ‘क’मा ५७ हजार तीन सय ९० र ‘ख’ मा ५२ हजार सात सय तीन, निर्वाचन क्षेत्र नं ५मा एक लाख ४९४ मतदाता छन् भने प्रदेश सभा तर्फ ‘क’मा ४७ हजार ४५५ र ‘ख’मा ५३ हजार ३९ छन् । त्यस्तै निर्वाचन क्षेत्र ६ मा एक लाख २६ हजार ७६१ मतदाता छन् भने प्रदेश सभा तर्फ ‘क’मा ७८ हजार ९६४ र ‘ख’मा ४७ हजार ७९७ मतदाता रहेको कार्यालयले जनाएको छ ।

कूल तीन सय ६ मतदानस्थल र आठ सय ३९ मतदान केन्द्र रहेको मोरङमा ५० वटा अति संवेदनशील र एक हजार एक सय १४ वटा संवेदनशील मतदानस्थलमा वर्गीकरण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाउने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।

उहाँले निर्वाचनलाई निष्पक्ष, भयरहित, स्वच्छ, स्वतन्त्र एवं मर्यादित बनाउन हरसम्भव प्रयास जारी रहने भन्दै निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरी सुरक्षाको तीन घेरा रहने बताउनुभयो । एक मतदान केन्द्रमा आठ देखि १२ जना राष्ट्रसेवक कर्मचारी परिचालन हुने व्यवस्था पनि भएको प्रजिअ दाहालले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले निर्वाचन निष्पक्ष, धाँधलीरहित, स्वच्छ वातावरण एवं मर्यादित रुपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको भूमिका महत्वपूर्ण छ भन्नुभयो । उहाँले आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दल, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी एवं सर्वसाधारणले पनि विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कास्यप अधिकारीले राजनीतिक दलको सहमतिमा तयार पारिएको निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्ने बताउनुभयो । मोरङमा प्रतिनिधिसभा तर्फ ६ स्थानका लागि एक सय पाँच र प्रदेश सभातर्फ १२ स्थानका लागि एक सय १० जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

यसैगरी, मतदानस्थलमा बिजुली, खानेपानी, टेलिफोन, शौचालय पूर्ण व्यवस्थासँगै सो स्थानको सरसफाइमा विशेष ध्यान दिन निर्वाचन अधिकृत तथा पालिकाका प्रशासकीय अधिकृतलाई प्रजिअ दाहालले निर्देशन पनि दिनुभएको छ ।