१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापति देउवामाथी यसरी गर्जिए पौडेल, अब के गर्लान देउवा ?



अ+ अ-

काठमाडौ । काठमाडौँमा सोमबार र मंगलबार भएको भेलामा सहभागी जिल्ला सभापतिहरुले तोकिएको भदौ १७, १८ र १९ गते तोकिएको महाधिवेशन जसरि पनि सम्पन्न गर्नुपर्ने माग राखेका हुन् ।

भेलाले क्रियाशील सदस्यहरुको छनौट सम्बन्धि विवाद तुरुन्त समाधान गर्न पनि पार्टी नेतृत्वलाई आग्रह गरेको छ । तत्काल विवाद समाधान नहुने भए विवाद रहेका स्थानमा १३औं महाधिवेशनको क्रियाशील सदस्यलाई आधार मानेर बिबादको निकाश दिन पनि सभापतिहरुको भेलाले पार्टी नेतृत्वलाई आग्रह गरेको छ ।

पार्टीको बैधानिकता बचाउन जुन छिटो बिधि हुन्छ त्यो बिधि अपनाएर महाधिवेशन गर्न भेलामा सहभागीहरुले सुझाव दिएको नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसिले जानकारी दिनु भयो । काठमाडौँको एक होटलमा २ दिन सम्म चलेको भेलामा ५६ जिल्लाका सभापतिहरु सहभागी हुनुभएको नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिनु भयो ।  

प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउबाले महाधिवेशन नगर्न कानुनी परामर्श गरेको,क्रियाशील सदस्य विवाद समाधान नगरेको साथै निर्वाचन आयोगमा आफ्नो प्रभाव देखाएर पर धकेल्ने प्रयास गरेको निष्कर्ष भेलाले निकालेको काभ्रे जिल्ला सभापति आचार्यले बताउनु भयो ।

पार्टीको बिधान भन्दा माथि देशको संबिधान रहेकोले संबिधान बिपरित हुने काम नगर्न पार्टी सभापति देउबालाई सचेत गराउने निष्कर्ष भेलाले निकालेको सभापति आचार्यले बताउनु भयो ।  भेलामा सहभागीहरुलाई सम्बोधन गर्न नेपाली कांग्रेसका नेता राम चन्द्र पौडेल,कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह,रामशरण महत,सुजाता कोइराला,शेखर कोइराला होटल पुग्नु भएको थियो ।