१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

‘मतदाताले रुचाएकै कारण चौथोपटक उम्मेदवारी दिएको हुँ’

‘मतदाताले रुचाएकै कारण चौथोपटक उम्मेदवारी दिएको हुँ’
अ अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका कांग्रेस नेता प्रकाशमान सिंहले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कात्तिक १ गतेदेखि चुनावी अभियान सुरु गरिने जानकारी दिनुभएको छ । क्षेत्र नं १ अन्तर्गतको प्रदेश तथा समानुपातिक उम्मेदवार सहभागी पत्रकार सम्मेलनमा नेता सिंहले आफ्नो उम्मेदवारी क्षेत्रको जनताको चाहनाकै कारण भएको बताउनुभयो ।

‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ नारा लिएर चौथोपटक मतदातासमक्ष आएको उहाँले बताउनुभयो । “मेरो उम्मेदवारी नै किन रु भन्ने प्रश्न उठिरहेका हुन्छन् । विश्वमै मतदाताले रुचाएसम्म उम्मेदवारले उम्मेदवारी दिने गरेका छन”, नेता सिंहले भन्नुभयो । उहाँले चुनिएपछि जनताले दिएको म्याण्डेटलाई इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

“म पार्टीको उपसभापति भइसकेँ, देशको उपप्रधानमन्त्रीसमेत भइसकेँ । त्यसैले क्षेत्रमा विकास गर्नेसँगै केन्द्रमा प्रभाव पार्ने उम्मेदवार म हुँ”, उहाँले भन्नुभयो । चुनावमा सिङ्गो नेपाल होमिएको भए पनि सबैको ध्यान क्षेत्रमा भएको विकास, विद्युतीय मतदानलगायतले यही रहेको उहाँले बताउनुभयो । “संविधान कांग्रेसकै नेतृत्वमा बन्यो । त्यसलाई संस्थागत पनि हामीले ग¥र्यौँ । हामीले विकासका लागि तयार गरेको अवाधारणालाई अगाडि बढाउन कांग्रेससहितको गठबन्धनलाई मतदान गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।

नेता सिंहले मुलुकमा सङ्घीयता दिलाउने, प्रदेश र स्थानीय तहको सुनिश्चित गर्ने लगायतको काममा आफ्नो सक्रिय सहभागिता रहने जानकारी दिनुभयो । “शिक्षालाई गुणस्तरीय बनाएर निजीसँग प्रतिस्पर्धा गर्न योग्य बनाउने, वडामै स्वास्थ्य परीक्षण गर्ने ल्याबको व्यवस्था गर्ने, रोजगारीको सिर्जना गर्नेलगायतका धेरै अठोट लिएर भोट माग्न आउँदै छु”, नेता सिंहले भन्नुभयो ।

उहाँले शिक्षामा सुधार ल्याउँदै प्राविधिक शिक्षामा जोड दिने बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षासँगै प्राविधिक शिक्षा दिएर रोजगारीको बाटो खोल्ने छौँ । यसले रोजगारी बढाउन मद्दत गर्ने विश्वास मैले लिएको छु ।”

पत्रकार सम्मेलनमा नेता सिंहसँगै प्रदेशसभातर्फका उम्मेदवार क्षेत्र नंं १ ९क० का उम्मेदवार दीपेन्द्र श्रेष्ठ, ९ख० का उम्मेदवार सुरजचन्द्र लामिछाने, समानुपातिकतर्फका उम्मेदवार लिलेन्द्रप्रसाद प्रधान, प्रबल थापा र शान्ता ढकाल उपस्थित हुनुहुन्थ्यो ।