६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी र माधव दुबैलाई पन्छाउने सपना



अ+ अ-

काठमाडौं । नेकपा एमाले उत्पन्न अन्तरविरोध तथा अन्तरसंघर्षका क्रममा युवा पुस्ताका नेताहरु छेड्के दाउ हान्ने गृहकार्य रहेको महसुस हुन थालेको छ ।

केपी शर्मा ओली र माधव नेपालबीच उत्पन्न विवाद समाधान खोज्दै पार्टीमा एकता पुनर्बहाली गर्न सक्रिय रहेका सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल र सुरेन्द्र पाण्डे एमालेलाई विभाजित हुन नदिन जुनसुकै जोखिम उठाउन तयार रहेको बताइन्छ ।

पाण्डे र रावल माधव नेपाललाई समेत समेटेर पार्टी एकता पुनस्र्थापित गर्ने प्रयासरत रहेको , माधव नेपालले केपी ओलीसँग एकीकृत भएर अगाडि बढ्न नचाहेकोले उनीहरु सकसमा परिरहेको छन् ।

माधव नेपाल छुट्टै पार्टी गठन गर्ने योजनामा भएको बुझेपछि पाण्डे, रावल र योगेश भट्टराईले पार्टी विभाजनका निम्ती माधव नेपाललाई साथ नदिने निर्णय पुगेका थिए । माधव नेपाललाई नलिएर ओलीसँग भए आगामी निर्वाचनमा टिकट पाउने होइन कि भन्ने माधव पक्षका नेतामा चिन्ता छ ।

माधव नेपाललाई छोड्ने हो भने केपी ओलीलाई पनि पन्छाएर नयाँ पुस्ताले पार्टीको कमाण्ड सम्हाल्न उपयुक्त हुने सोच उत्पन्न भएको छ । पछिल्लो समयमा सुवास नेम्वाङ, विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराईलगायतका नेताबीच केपी र माधव दुबैलाई पन्छाएर पार्टीलाई एकताबद्ध बनाउँदै अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको बुझिएको समाचार घटना र विचार साप्ताहिकमा प्रकाशित छ ।