२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेसँग चुनावी तालमेल गरेको जसपाले घोषणापत्रबाट हटायो ‘जनयुद्ध’ र ‘ओली प्रतिगमन’



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले तयार पारेको घोषणापत्रमा ‘जनयुद्ध’ र ‘ओली प्रतिगमन’ शब्द हटाएको छ ।

जसपामा डा बाबुराम भट्टराई रहँदा हरेक राजनीतिक दस्तावेजमा प्रयोग गरिएको ‘जनयुद्ध’ को स्थानमा ‘दश वर्षे सशस्त्र विद्रोह’ भनी उल्लेख गरिएको छ । त्यस्तै यसअघिको घोषणापत्रमा प्रयोग भएजस्तो ‘ओली प्रतिगमन’ र एमालेबारे कुनै उल्लेख गरिएको छैन ।

आसन्न निर्वाचनमा एमालेसँग चुनावी तालमेल गरी उम्मेदवारी दिएको जसपाले ‘सबैलाई शिक्षा, स्वास्थ्य, रोजगार र पहिचान, जसपा नेपालको छाता चिह्नमा मतदान’ लाई पार्टीको चुनावी मूल नारा बनाएको छ ।छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार पारेको ३६ पृष्ठको प्रतिबद्धतापत्र नाम दिइएको घोषणापत्रमा संघीयता, समृद्धि, सुशासन, सामाजिक न्याय र समाजवादलाई राजनीतिक लक्ष्यका रुपमा प्रस्तुत गरिएको छ ।