• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा ★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा ★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरेर अपराधिक घटनाको नियन्त्रण गर्न जरुरी: गृहमन्त्री(भिडीयोसहित)



file

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले वर्षेनी अपराधिक घटना बढीरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताउनुभएको छ ।

सोमवार ६७ औँ प्रहरी दिवसको उपलक्ष्यमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्वमा नै वर्षेनी अपराधिक घटना बढीरहेको भन्दै यसको चुनौती नेपालमा पनि बढ्दै गएको बताउनुभएको हो । उहाँले विश्वमा अहिले नयाँ किसिमका विज्ञानका प्रविधिहरुको प्रयोग गरी अपराधिक गतिविधिहरु हुन थालेको भन्दै विज्ञान र प्रविधिलाई उच्चतम प्रयोग गरेर अपराधिक क्रियाकलापहरुको नियन्त्रण गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले नेपाल प्रहरीले पनि अपराधिक घटनालाई रोक्न विभिन्न विज्ञान, प्रविधिको प्रयोग गरिरहेको बताउनु भयो । गृहमन्त्री खाँणले नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्न र अपराध नियन्त्रणमा सघाउन सरकार सदैव प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले नेपाल प्रहरीका जवानहरुको क्षमता विकास र सुविधा वृद्धिका लागि सरकारले प्रयत्न गरिरहेको पनि उल्लेख गर्नुभयो ।

गृहमन्त्री खाँणले काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा नेपाल प्रहरीको लागि प्रहरी प्रशिक्षण केन्द्र निर्माण कार्य भइरहेको भन्दै तालिम केन्द्र निर्माणपछि अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रले नेपालका प्रहरीलाई उच्चस्तरीय तालिम नेपालमा नै उपलब्ध गराउन र क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल प्रहरीको लागि पनौतीको प्रहरी प्रशिक्षण केन्द्र निर्माण कार्य प्रारम्भ भएको छ । तालिम केन्द्र निर्माण भइसकेपछि अन्तर्राष्ट्रिय स्तरको तालिम केन्द्रले नेपालका प्रहरी अधिकृत र जवानहरुलाई उच्चस्तरीय तालिम नेपालमा नै उपलब्ध गराउने र त्यसले क्षमता पनि अभिवृद्धि भएर जानेछ । अहिले संसारभर नै अपराधिक गतिविधिहरुमा नयाँ आयामहरु थपिएको छ ।’

‘नयाँ विज्ञान र प्रविधिको प्रयोगका साथै अपराधिक गतिविधि पनि बढीरहेको अवस्था छ । यसले सुरक्षामा चुनौती थपिएका छन् । नेपाल प्रहरीले पनि विज्ञान प्रविधिलाई अपराध नियन्त्रणमा प्रयोग गर्दै आएको छ । नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्ने, उहाँहरुको कार्यलाई प्रोत्साहीत गर्न नेपाल सरकार प्रतिवद्ध छ । नेपाल प्रहरीका अधिकृत र जवानहरुको सुविधा वृद्धि गर्ने, उहाँहरुको जीवनयापन र उहाँहरुको परिवारका लागि जीवनयापनमा सहजता होस् भनेर त्यसका लागि पनि सरकारले प्रयत्न गरिरहेको छ ।’

गृहमन्त्री खाँणले गत वर्ष सरकारले प्रहरी जवानहरुको क्षमता विकासका लागि वभिन्न कार्यक्रम र योजना अघि सारेको र त्यसले केही हदसम्म प्रहरी जवानको क्षमता विकासमा मदद्त पुगेको बताउनु भयो ।