५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाहबारे विद्यार्थीले लेखे यस्तो निबन्ध, शिक्षकले बोलाए भेट्न



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । आजकल सामाजिक सञ्जालमा के भाइरल हुने हो केही भन्न सकिन्न । अनौठा भिडियो, म्यासेज र पत्रहरू हरेक दिन इन्टरनेटमा भाइरल हुन्छन् ।

विद्यालय बिदाका लागि विद्यार्थीले लेखेका निवेदन पनि भाइरल भएका छन् । अहिले यही बीचमा एक विद्यार्थीले पेपरमा लेखेको निबन्ध निकै भाइरल भइरहेको छ ।

वास्तवमा शिक्षकले विद्यालयका सबै विद्यार्थीलाई विवाहको बारेमा निबन्ध लेख्न भनेका थिए । तर एक विद्यार्थीले सबै विद्यार्थीभन्दा बिल्कुलै फरक निबन्ध लेखे, जसको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।

विद्यार्थीले आफ्नो निबन्धमा लेखेका छन् – बिहे तब हुनेछ जब परिवारका सदस्यले केटीलाई भन्नेछन् कि तिमी ठूली भइसक्यौ र अब हामी तिमीलाई खाना खुवाउन सक्दैनौँ । तिमी आफ्नो लागि केटा जसले तिमीलाई खाना खुवाउन सक्छ ।’ उनले निवन्धमा अगाडि लेख्छन् – ‘त्यसपछि केटासँग केटीको भेट हुन्छ र दुबैको बिहे हुन्छ । दुवैले एकअर्काको परीक्षा लिन्छन् र सँगै बस्न थाल्छन् ।’

केटाले लेखेको निबन्ध देखेर शिक्षकको होश उड्यो । उनले विद्यार्थीलाई शून्य नम्बर दिँदै आएर भेट्न भनेका छन् । अहिले यो लेखिएको निबन्ध सामाजिक सञ्जालमा भाइरल भएको छ । शिक्षकले यो निबन्ध मन नपराए पनि मानिसहरुले निकै रुचाइरहेका छन् ।