काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिबारे प्रश्न उठाएका छन् । भट्टराईले घिसिङको नियुक्ति स्वागतयोग्य नै भएता पनि नियुक्तिमा कसको प्रस्ताव, कसको समर्थन र कसको सहयोग र असहयोग थियो भन्न जरुरी नरहेको भनाइ राखेका हुन्।
डा. भट्टराईले भनेका छन्, ‘कुलमानको कमब्याक स्वागतयोग्य छ, बधाइ । तर, उनको नियुक्तिमा कसको प्रस्ताव, कसको सहमति, कसको सहयोग, कसको असहमति, कसको असहयोग, कसको विरोध आदि इत्यादि पनि भन्न जरूरी छ ? कस्ता दिन आए…..११’
कुलमानको नियुक्ति प्रचण्डको प्रस्तावमा प्रधानमन्त्रीको सहमति र ऊर्जामन्त्रीको सहयोगमा भएको भन्ने खालको समाचार आएपछि त्यसपछि भट्टराईले असन्तोष प्रकट गरेका हुन् । तथापि कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउने सरकारको निर्णय स्वागतयोग्य नै भएको बताएका हुन् ।