७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

आफू राम्रो र अरु नराम्रो भनि प्रचारप्रसार गर्न पाइँदैनः आयुक्त भण्डारी(भिडीयोसहित)

आफू राम्रो र अरु नराम्रो भनि प्रचारप्रसार गर्न पाइँदैनः आयुक्त भण्डारी(भिडीयोसहित)
फाईल फोटो
अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता पूर्ण रुपमा पालना गर्न उम्मेदवारहरुलाई आग्रह गरेको छ ।
राजनीतिक दलका उम्मेदवारहरु तथा स्वतन्त्र उम्मेदवारहरुले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगैै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो ।

निर्वाचन आचारसंहीता कन्द्रिय अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहीताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडीदेखि (कार्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने बताउनु भयो ।

आयुक्त भण्डारीले उम्मेदवारहरुले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागि हुन नपाउने प्रावधानलाई पनि पालना गर्न सचेत गराउनु भयो । घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उहाँले त्यस्ता कार्य नगर्न आग्रह गर्नुभयो । घरदैलोमा तामझाम र बाजागाजा गर्नुपनि आचारसंहिता विपरित हुने उहाँको भनाइ छ । आचारसंहीताको परिधिभित्र बसेर कानूनी सजाय नपाउनेगरी घरदैलो गर्न उहाँले उम्मेदवारहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘दलको प्रतिनिधिहरुको सहमतीमासमेत बनेको आचारसंहीताले निर्वाचन हुने दिनभन्दा १७ दिन अगावै अर्थात २०७९/०७/१८ बाट निर्वाचन प्रचार–प्रसार गर्न पाइन्छ । त्यो भन्दा अगाडी निर्वाचन प्रचारप्रसार गर्ने लगायतका क्रियाहरु गर्न पाइँदैन भनेर आचारसंहीताले निषेध गरेको छ । राजनीतिक दलका उम्मेदवार अथवा स्वतन्त्र उम्मेदवारहरु घरदैलो गर्न पाए । घरदैलो गर्न पाउने पनि हामीले भर्खर आचारसंहीता संशोधन गरेर दलहरुकै आग्रहमा घरदैलो कार्यक्रम गर्न पाउने भनेर हामीले आचारसंहीता संशोधन गरेर घोषणा गरिदिएका छौँ । र घरदैलो कार्यक्रम गर्दाखेरी पनि उहाँहरु मत माग्न मतदाताको घरमा जाँदाखेरी २५ जनाभन्दा बढी जान पाउनुहुन्न ।’

‘२५ जनापनि बाजागाजा, तामझाम गरेर जान पाइँदैन । आचारसंहीताले निषेध गरेको छ । थुप्रै ठाउँबाट उजुरी कसरी आइरहेको छ भने यसरी घरदैलो कार्यक्रममा उम्मेदवारहरु जाँदाखेरी बढी तामझाम गरेर जानुभयो । बाजागाजा बजाइदिनु भयो । नाचगान गर्नुभयो र उहाँहरुले भोजभतेर पनि गर्न शुरु गर्नुभएको छ भन्ने कुरो हामीकहाँ उजुरी परेको छ । यो उजुरीको सम्बन्धमा हामी मसिनोसँग छानबिन गरिराखेका छौँ ।’

‘धेरै दलहरुलाई स्पष्टीकरण पनि सोधिराखेका छौँ । कतिपय उम्मेदवारहरुले उधारो भिसापनि बाँड्न शुरु गर्नुभएको छ । खाडी मुलुकमा रोजगारी दिन्छु तँ यहाँ जाने भनेर उधारो भिसा शुरु गर्नु भएको छ । त्यो गर्न पाइँदैन आचारसंहीताले निषेध गर्छ । यदी त्यसो हो भने उहाँहरुलाई कारबाहीको विषय हुन्छ । स्थानिय स्तरमा हाम्रो निर्वाचन अधिकृतहरुले कारबाही गर्नुभयो ठिकै हो । यदि त्यहाँबाट कारबाही गर्नुभएन भने आयोगले कठोर निर्णय गरेर कारबाही गर्नुपर्ने हुन्छ । त्यसो भएको हुनाले सम्पूर्ण राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगका तर्फबाट म के आग्रह गर्न चाहन्छु भने अहिले घरदैलो गर्न सम्मलाई आचारसंहीताले छुट दिएको हो ।’

‘घरदैलो गर्ने प्रयोजनका लागि पनि निश्चित एउटा सिमा निर्धारण गरेको छ । जे पायो त्यही गरेर घरदैलो गर्न पाइँदैन । आचारसंहिता अध्ययन गरिदिनुस् उम्मेदवारहरुले । त्यसको परिधिभित्र बसिदिनुस् । र त्यो परिधिभित्र बसेर कानूनले सजाय नपाउनेगरी घरदैलो गरिदिनुस् भन्ने आयोगको तर्फबाट सम्पूर्ण उम्मेदवारहरुलाई म आग्रह गर्न चाहन्छु ।’

उहाँले उम्मेदवारहरुले आफू राम्रो र अरु नराम्रो भनि प्रचारप्रसार गर्न नपाइने उल्लेख गर्नुभयो । उम्मेदवारहरुलाई आफ्नो घोषणापत्र अनुरुप र आफूले गर्ने कामहरुको मात्रै प्रचारप्रसार गर्न उहाँको सुझाव छ । अरु दल र स्वतन्त्र उम्मेदवारहरु नराम्रो भनि प्रचार गर्न नपाइने उहाँले उल्लेख गर्नुभयो । आयुक्त भण्डारीले प्रचारप्रसारको क्रममा आचारसंहीता उल्लंघन भएमा आयोगले उम्मेदवारको मनोनयनपत्र खारेजसम्म गर्नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘फलानो नराम्रो आफू राम्रो भनेर उहाँहरु प्रचारप्रसारमा जानुभएको छ । आफू राम्रो । अर्काको दलको र स्वतन्त्र उम्मेदवार नराम्रो भन्न पाइँदैन । आफू राम्रो मात्रै भनेर जानुस् न । म यो नीति तथा कार्यक्रम गरेर जान्छु । म यो विकास निर्माणको काम गर्छु भनेर आफ्नो घोषणापत्रमा जे उल्लेख गर्ने हो । त्यो सबै स्पष्ट देखिने गरी जानुस् ।’

‘मेरो घोषणापत्र ठिक, अर्काको बेठिक भन्न पाइँदैन । कानूनको परिधिभित्र बसेर निर्वाचन प्रचारप्रसार गरिदिनुप¥यो । यदी निर्वाचन प्रचारप्रसार गर्दाखेरी यो आचारसंहीतालाई उल्लंघन गरिदिनु भयो भनेदेखि आयोगले कठोरतापूर्वक उहाँहरुलाई कारबाही गर्नुपर्छ । उहाँहरुको मनोनयनपत्र खारेज पनि हुनसक्छ ।’

आयुक्त भण्डारीले आयोगले हालसम्म दर्जनौँ उम्मेदवारहरुलाई स्पष्टीकरण सोधिसकेको जानकारी दिनुभयो । स्पष्टीकरण चित्तबुझ्दो नभएमा थप कानूनी कारबाही अगाडी बढाइने र आचारसंहीता पालना गराउने सन्दर्भमा आयोग निर्मम र निर्दयी भएर अघि बढ्ने स्पष्ट पार्नुभयो ।