१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दल लुम्बिनी प्रदेशको बैठक शुरू



अ+ अ-

काठमाडौं । नेकपा एमाले संसदीय दल लुम्बिनी प्रदेशको बैठक शुरू भएको छ । बुधबार मुख्यमन्त्री निवासमा एमाले संसदीय दलको बैठक सुरु भएको हो । 

बैठकमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षी गठबन्धनबाट आएको अविश्वासको प्रस्तावका विषयमा छलफल हुने भएको छ । मुख्यमन्त्री पोखरेलले निवासमै  मन्त्रिपरिषदको बैठक पनि बोलाएका छन् ।

संसदमा अल्पमतमा देखिएका मुख्यमन्त्री पोखरेलले संसदमा अविश्वासको प्रस्तावको सामाना गर्ने वा राजीनामा दिएर मार्ग प्रसस्त गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुने प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए । एमालेले बैठकबाट हुने निर्णयहरु भने १२ः३० बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रवक्ता चौधरीले बताए ।