२३ आश्विन २०८१, बुधबार
,
Latest
आज आश्विन शुक्ल सप्तमी : दशैं घरसहित घरघरमा फूलपाती भित्र्याइँदै दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजिनामा नदिने



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजिनामा नदिने भएका छन् । जसपाबाट सरकारमा सहभागी भएका दुई जना मन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनबाट रोकेका हुन्। ​

मंगलबार भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेयले राजीनामा दिएपछि जसपाबाट सरकारमा सहभागी बाँकी दुई मन्त्रीले राजिनामा दिने तयारी गरेका थिए । बुधबार मुख्यमन्त्री पोखरेलले केही समय कुर्न भन्दै राजीनामा नदिन आग्रह गरेका हुन् ।

सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठकपछि  एउटा निष्कर्षमा पुग्ने योजना छ । हाल प्रदेश सरकारमा जसपाबाट विजयबहादुर यादव र कल्पना पाण्डेय सामेल छन् । 

जसपाबाट पार्टीको निर्णय विपरीत गत वैशाखमा सरकारमा सामेल महन्थ ठाकुर पक्षका चार जनामध्ये सुमन शर्मा रायमाझी केही अघि नै राजीनामा दिएर उपेन्द्र यादव पक्षमा फर्किसकेकी छन् भने सन्तोषकुमार पाण्डेयले पनि सरकारबाट राजीनामा दिइसकेका छन् ।