काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री पोखरेलले बुधबार बिहान प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा दिएका हुन् ।
नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै उनले प्रदेश सभाको बैठक बस्नुअघि नै उनले पदबाट राजीनामा दिएका हुन्। पोखरेलको राजीनामासँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ।
जसपाका तीन सांसदमाथि पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले सदर गरिदिएसँगै मुख्यमन्त्री पोखरेल धरापमा परेका हुन्। मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दोस्रोपल्ट अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन्।
हाल विपक्षी गठबन्धनसँग ४१ सांसद छन्। त्यसबाहेक एकजना सभामुख पनि छन्। मुख्यमन्त्री (एमाले) सँग भने ३८ जना सांसद मात्र छन्। बहुमतका लागि ४१ जना सांसद आवश्यक पर्छ।