काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापतिस एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग आज छलफल गर्दैछन् ।
बुधबार दिउँसो साढे २ बजे सभापति देउवाको निजी निवास बूढानिलकण्ठमा पौडेल र सिटौलासँग सभापति देउवाले छलफल गर्न लागेका हुन् ।
क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गर्ने जिम्मा शीर्ष नेताले लिए पनि विवादको टुंगो अझै लाग्न सकेको छैन । छलफल महाधिवेशन केन्द्रित हुने बताइएको छ ।
कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ।