काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन नियुक्त दिएपछि कलाकार दिपक राज गिरीले राम्रो काम गर्दा ढिलै भए पनि पुरस्कार पाइन्छ भन्ने राम्रो सन्देश गएको टिप्पणी गर्नुभएको छ । सामाजिक संञ्जालमा गिरीले लेख्नुभएको छ –
कुलमान ‘न काका बौ का छोरा ! न आमा पट्टीका न मामा पट्टिका भने जस्ता , तैपनि किन किन आफ्नै जस्ता लाग्ने ! उनको कार्यकाल थपियोस भनेर एकताका खूबै कराइयो !उफ्रियो !! यस्को मतलब कुलमान बाहेक अरू कसैले प्राधिकरण हाक्न सक्दैन भनेर पनि होइन , आज पनि म कहिलेकाहि त्यो कालो अध्यारो र चिसो रातहरू लाइ सम्झन्छू ,त्यतिबेला सॉझ नै नपरोस जस्तो लाग्थ्यो!‘।करीब एक दशक त्यस्तो निरस र कष्टकर जीबन बिताउन बाध्य भइयो !!!
आज ति दिनहरू इतिहास भएका छन् ,यिनै कुलमान को आगमन पछि ‘हामि भावनात्मक छौ , दिमागले मात्रै होइन मनले पनि सोच्ने गर्छौ त्यसैले त राज्यले उनको कार्यकाल थपेर एक पटक पुरस्कृत गरोस भन्ने लागेको हो तर त्यो त्यतिबेला सम्भब भएन ,तर आज ढिलै भएपनि उनको पुनस् आगमनले म जस्ता धेरै नेपाली लाइ खुशि लागेको हुनु पर्छ !!
राम्रो काम गर्दा ढिलै भए पनि पुरस्कार पाइन्छ भन्ने राम्रो सन्देश गएको छ !! स्वतंत्र नागरिकको हैसियतले सरकारको नराम्रो कामको आलोचना गरिन्छ भने राम्रो कामको तारिफ गरिन्छ !! यो नियुक्तिको निर्णय बिल्कुल जनप्रिय निर्णय हो , सरकार लाइ धेरै धेरै धन्यवाद१ कुलमानजी लाइ बधाइ !! जय नेपाल !!!
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।