४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशन सुरु

चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशन सुरु
अ+ अ-

पैचिङ । चीनको प्रशासनिक पार्टी—चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशन आज विहान पैचिङस्थित जन बृहत सभा भवनमा शुरू भएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीका २३ सयभन्दा बढी प्रतिनिधिहरू तथा विशेष प्रतिनिधिहरूले उक्त महाधिवेशनमा भाग लिएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीका अरू पार्टीका शुभेच्छुकहरू तथा सम्बन्धित पक्षका जिम्मेवार व्यक्तिहरूको महाधिवेशनमा उपस्थिति छ। उक्त महाधिवेशन अक्टोबर सोह्र तारिखदेखि बाइस तारिखसम्म चल्नेछ।

सी चिनफिङले १९औं केन्द्रीय समितिको तर्फबाट महाधिवेशन समक्ष कार्यप्रतिवेदन प्रस्तुत गर्दै भन्नुभयो, ‘चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशनको १० वर्षमा तीन प्रमुख घटनाहरूको अनुभव गरेका छौं जुन पार्टी र जनताको कारणको लागि महत्वपूर्ण छ।’ पहिलो, चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिक, दोस्रो चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ युगमा प्रवेश र तेस्रो गरीबी निवारण।

पहिलो शताब्दी संघर्षको शताब्दी हो। यो ऐतिहासिक जीत चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको ऐतिहासिक जीत हो, चिनियाँ राष्ट्रको विकासको ऐतिहासिक जीत हो, यो पनि विश्वका लागि गहिरो प्रभावको ऐतिहासिक जीत हो।’

महाधिवेशन समक्ष कार्यप्रतिवेदन प्रस्तुत गर्दै राष्ट्राध्यक्ष सीले १० वर्षयता चीनको कूल राष्ट्रिय गार्हस्थ उत्पादन मात्रा ५४० खर्ब चिनियाँ युआनदेखि ११४० खर्ब चिनियाँ युआनसम्म वृद्धि भएको, चीनको कूल आर्थिक मात्रा विश्व अर्थतन्त्रमा १८.५ प्रतिशत रहँदै ७.२ प्रतिशत वृद्धिका साथै विश्वको दोस्रो स्थानमा रहेको बताउनुभएको छ। चीनले १४० भन्दा बढी मुलुक र क्षेत्रका मुख्य व्यापारिक साझेदार रहँदा व्यापारिक रकम विश्वको पहिलो स्थानमा पारेको र विदेशी लगानी आकर्षित गर्नुका अलावा वैदेशिक लगानीको रकम पनि विश्वको अग्रस्थानमा रहेकोले अझ विस्तृत र गहन विदेशी खुलापनको अवस्था बनेको बताउनुभयो।

उन्नाइसौँ केन्द्रिय समितिको तर्फबाट प्रतिवेदन सुनाउँदै सी चिनफिङले चीनले केही महत्वपूर्ण प्रविधिको विकास हासिल गरेर रणनैतिक नव उदीयमान उद्योग विकास गरेर विशाल बन्दै भएको कुरा व्यक्त गर्नुभएको छ। मानववाहक अन्तरिक्ष, चन्द्रमा तथा मंगलको अन्वेषण कार्य, गहिरो समुद्र तथा भूमिगत अन्वेषण कार्य, सुपर कम्प्युटर, उपग्रहद्वारा नेभिगेशन, विशाल उडान विमानको उत्पादन तथा बायोलोजिकल औषधि आदि क्षेत्रको ठूलो विकास भएर आविष्कारक मुलुकको पंक्तिमा प्रवेश गरेको कुरा पनि सी चिन फिङले बताउनुभएको छ।

सी चिनफिङले विगत दश वर्षमा हरियो पानी र समृद्ध पहाडको अवधारणालाई कायम राखिएको बताउनुभयो। पर्यावरणीय सभ्यता प्रणालीमा एक ऐतिहासिक तथा वैश्विक परिवर्तन रहेको बताउँदै सीले चिनियाँ मातृभूमिको आकाश झन् नीलो, पहाडहरू झन् हरियालीयुक्त र र पानी झन् स्वच्छ भएको औंल्याउनुभयो।

कार्यप्रतिवेदन प्रस्तुत गर्दै सीले अहिलेदेखि नै चिनियाँ कम्युनिष्ट पार्टीको मुख्य उद्देश्य सारा चीनका विभिन्न जातिका जनतालाई एकत्रित पारेर समाजवादी आधुनिक देशको चौतर्फी रुपमा निर्माण गर्ने, दोस्रो शतवार्षिक लक्ष्य साकार तुल्याउने, सम्पूर्ण रूपमा चीन राष्ट्रको पुनरूत्थानलाई अघि बढाउने रहेको व्यक्त गर्नुभएको छ।

समाजवादी आधुनिक देशको चौतर्फी रुपमा निर्माण गर्ने योजना दुई चरणमा विभाजित गरिएको छः सन् २०२० देखि २०३५ सम्म आधारभूत रूपमा समाजवादी आधुनिकीकरणलाई साकार तुल्याउने, सन् २०३५ देखि यस शताब्दीको मध्यसम्म चीनलाई धनी, लोकतान्त्रिक, सभ्य, मेलमिलापयुक्त र सुन्दर हुने समाजवादी आधुनिक बलियो मुलुकको रुपमा निर्माण गर्ने हो। आगामी ५ वर्षमा यस उद्देश्यलाई साकार तुल्याउन शुरू भएको मुख्य अवधि रहेको राष्ट्राध्यक्ष सीले प्रतिवेदनमा जोड दिनुभएको छ।

चीनले दक्ष व्यक्तिद्वारा मुलुकलाई शक्तिशाली बनाउने रणनीति गहिरोरूपमा लागू गर्ने कुरा बताउँदै सीले श्रम, ज्ञान तथा आविष्कारलाई कदर गर्ने, दक्ष व्यक्तिको बनौटलाई पूर्णता दिलाउने, विश्वको महत्वपूर्ण दक्ष व्यक्ति केन्द्र तथा आविष्कारबारेको अग्लो ठाउँको निर्माणलाई द्रूत पार्ने र विभिन्न क्षेत्रको दक्ष व्यक्तिलाई चिनियाँ कम्युनिष्ट पार्टी तथा जनताको कार्यमा केन्द्रियरूपमा ल्याएको कुरा पनि व्यक्त गर्नुभयो।

चिनियाँ कम्युनिष्ट पार्टीले नेतृत्व गरेको समाजवादी आधुनिकीकरण भनेको आफ्नै राष्ट्रिय सर्तहरुको चिनियाँ विशेषतायुक्त आधुनिकीरण भएको बताउँदै सीले भन्नुभयोस् ‘चिनियाँ आधुनिकीकरण जनसंख्याको एक विशाल आधुनिकीकरण हो, यो सबै व्यक्तिको सामान्य धनको आधुनिकीकरण हो, यो भौतिक सभ्यता र आध्यात्मिक सभ्यताको आधुनिकीकरण हो, मानिस र प्रकृतिको सामञ्जस्यपूर्ण आधुनिकीकरण हो, यो शान्तिमय विकासको आधुनिकीकरण हो।’

कार्यप्रतिवेदनमा चर्चा गर्दै सीले चीनले वातावरण प्रदूषणको प्रतिरोधलाई अघि बढाएको, निरन्तर रुपमा नीलो आकाश, हरियो पानी र सफा जमीनको संरक्षण गरिरहेकोले आधारभूत रूपमा गम्भीर प्रदूषण हटाएको, सहरी प्रदूषित पानीको समस्या हल गरेको, माटो प्रदूषणको प्रतिरोध गरेको, वातावरणसम्बन्धी पूर्वाधारको निर्माण गरेको र सहर तथा ग्रामीण क्षेत्रको वातावरण सुधार गरेको बताउनुभएको छ।

यस्तै चीनले समाजवादी उच्चस्तरीय बजारमूलक आर्थिक व्यवस्था अपनाउने, समाजवादी आधारभूत आर्थिक प्रणालीलाई कायम राख्नुका साथै पूर्णता दिलाउने, सार्वजनिक स्वामित्वको अर्थतन्त्र दृढताका साथ विकास गर्ने, गैर(सार्वजनिक स्वामित्वको अर्थतन्त्र दृढताका साथ प्रेरित गर्ने, समर्थन तथा निर्देशित गर्ने, श्रोतको मध्यस्थताका क्रममा बजारको निर्णायक भूमिकालाई सकारात्मक रूपमा निर्वाह गर्ने र सरकारको भूमिका अझ राम्ररी निर्वाह गर्ने कुरा बताउनुभएको छ। उहाँले औँल्याउनुभएअनसार, चीनले उच्चस्तरीय वैदेशिक खुलापन अगाडि बनाउने, शक्तिशाली व्यापारिक मुलुकलाई द्रुतरूपमा अघि बढाउने, बीआरआईको संयुक्त रूपमा उच्चगुणस्तरीय विकास गर्ने र बहु(स्थिर अन्तर्राष्ट्रिय आर्थिक बनौट तथा आर्थिक व्यापारिक सम्बन्धलाई कायम राख्न पहल गर्नेछ।

देश जनता हो र जनता देश हो भन्ने कुरा औंल्याउँदै सीले चिनियाँ कम्युनिष्ट पार्टीले जनतालाई लड्न र देशको रक्षा गर्न नेतृत्व गर्ने र यो जनताको हृदय हो भन्नुभयो। सी चिनफिङले विकासको प्रक्रियामा जनताको जीविकोपार्जन सुनिश्चित गर्न र सुधार गर्न जोड दिनुपर्छ भन्दै राम्रो जीवन निर्माण गर्न साझा प्रयासलाई प्रोत्साहन दिनुपर्ने र जनताको राम्रो जीवनको चाहनालाई निरन्तर रूपमा महसुस गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘हामीले बहुसंख्यक जनताको आधारभूत हितलाई महसुस गरी विकास गर्नुपर्दछ, जनताको सबैभन्दा प्रत्यक्ष र व्यावहारिक हितलाई दृढतापूर्वक ग्रहण गर्नुपर्छ।’
थाइवान समस्याको समाधान गर्नु चिनियाँहरूको आफ्नो मामिला भएकोले चिनियाँहरू आफैंले निर्णय गर्नुपर्ने सी चिनफिङले बताउनुभएको छ। चीनले सकेसम्म प्रयास गरी शान्तिपूर्ण एकता गर्न खोजेतापनि सशस्त्र शक्ति प्रयोगको अधिकारलाई नत्याग्ने पनि राष्ट्राध्यक्ष सीले बताउनुभयो। उक्त सशस्त्र उपायले विदेशी हस्तक्षेपकारी शक्ति र थोरै थाइवान पृथकतावादी शक्ति लक्षित हुने तर व्यापक थाइवान देशबन्धु लक्षित नहुने भन्दै उहाँले राष्ट्रको एकता, चीन राष्ट्रको पुनरूत्थान गर्ने सपना पक्कै साकार तुल्याउने बताउनुभयो।

चीनले स्वतन्त्र शान्तिपूर्ण कूटनैतिक नीति अडिग रूपमा लागू गर्दैआएको बताउँदै सि चिनफिङले आफ्नो अडान तथा नीतिको निर्णय गर्दैआएको, अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम र अन्तर्राष्ट्रिय न्यायिक निष्पक्षताको संरक्षण गरेको बताउनुभयो। सबै किसिमको सम्प्रभुतावादको दृढ र्विरोध गरेको बताउँदै उहाँले शीत युद्ध र अरू देशको आन्तरिक मामिलामा हस्तक्षेपका साथै दोहोरो मापदण्डको पनि विरोध गरेको कुरा बताउनुभयो। चीन विस्तारवाद तथा सम्प्रभुतावादतर्फ कहिल्यै नजाने पनि सीले भन्नुभयो।

सी चिनफिङले चीनले वितरण प्रणालीमा सुधार गर्नुपर्ने, कामको आधारमा वितरणको सिद्धान्त पालना गर्नुपर्ने, बहुविधा वितरण विधिसँग सहअस्तित्वमा रहनुपर्ने, काम अनुसार पारिश्रमिकको सिद्धान्तलाई पालना गर्ने, धनी बन्न कडा परिश्रमलाई प्रोत्साहन गर्ने, निष्पक्ष अवसरको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। न्यून आय भएकाहरुको आम्दानीमा बृद्धि गर्ने, मध्यम आय समूहको विस्तार र आय वितरणलाई व्यवस्थित गर्ने, सम्पत्ति संकलनको संयन्त्रलाई व्यवस्थित गर्ने उहाँले बताउनभुयो। उहाँले सबैलाई कडा परिश्रमद्वारा आफ्नो विकासको अनुभव गर्ने अवसर दिनुपर्ने बताउनुभयो।

कार्यप्रतिवेदनमा चर्चा गर्दै उहाँले भ्रष्टाचार नै पार्टीको जीवन्त शक्ति र लडाईँलाई हानि पुर्याउने सबभन्दा ठूलो क्यान्सर भएकाले भ्रष्टाचारको विरोध पार्टीको सबभन्दा गहिरो आत्मक्रान्ति भएको बताउनुभएको छ। भ्रष्टाचारी हुर्किएको जमिन छ भने भ्रष्टाचारी विरोधी युद्ध कहिल्यै पनि रोक्न नसकिने भन्दै उहाँले चिनियाँ कम्युनिष्ट पार्टीले शून्य सहनशीलताको तरिकाबाट भ्रष्टाचारको विरोध गर्ने व्यक्त गर्नुभएको छ।

कार्वन उत्सर्जनको चरम र कार्वन तटस्थतालाई सक्रिय बनाउने, चीनको ऊर्जा-श्रोतको अवस्थाअनुसार योजनामूलक तथा चरणवद्ध कार्बन उचाइको कार्वाही अघि बढाउने, ऊर्जा(श्रोत क्रान्ति गर्ने, कोइलाको प्रभावकारी प्रयोगलाई सबल पार्ने, नयाँ ढाँचाको ऊर्जा-श्रोत व्यवस्थाको परिकल्पना तथा निर्माणलाई द्रुत पार्ने तथा जलवायु परिवर्तनको विश्वव्यापी व्यवस्थापनमा सक्रियताका साथ भाग लिने कुरा पनि सी चिनफिङले बताउनुभएको छ।

यसैबीच समाजवादी आधुनिक मुलुकको सकारात्मकरूपमा निर्माण गर्न र चीन राष्ट्रको विशाल पुनरूत्थान सकारात्मक रूपमा अघि बढाउनका लागि चिनियाँ कम्युनिष्ट पार्टी एकदम महत्वपूर्ण भएको कुरा सीले व्यक्त गर्नुभएको छ। विश्वमा सबभन्दा ठूलो मार्क्सवादी प्रशासनिक पार्टीको हैसियतमा रहेर चिनयाँ कम्युनिष्ट पार्टीले जनताको समर्थन तथा दीर्घकालीन प्रशासनिक स्थानमा रहनका लागि जुनसुकै बेलामा ठूलो पार्टीको विशेष समस्याको समाधान गर्ने स्पष्ट दृढता कायम राखेको कुरा पनि सीले व्यक्त गर्नुभएको चाइना मिडिया ग्रुप नेपाली सेवाले जनाएको छ ।