१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

गठबन्धनले देशलाई सही दिशा दिन नसके देश कल्पनायोग्य रहँदैनः मोहन आचार्य

गठबन्धनले देशलाई सही दिशा दिन नसके देश कल्पनायोग्य रहँदैनः मोहन आचार्य
file
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं सत्ता गठबन्धनको तर्फबाट रसुवा जिल्लाका प्रतिनिधि सभा उम्मेदवार मोहन आचार्यले गठबन्धन सरकारले पनि संविधानको रक्षा गर्न नसके देशको निकास नहुने दाबी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको निकासका लागि गठबन्धन सरकारको विकल्प नभएको बताउनुभएको हो । उहाँले गठबन्धन सरकार देश विकासको पवित्र उद्देश्यका साथ निर्माण भएको भन्दै गठबन्धन सरकारले पनि संविधानको रक्षा र वृहत शान्ति सम्झौताका अपूर्ण कामहरुलाई पूर्णता दिन नसके देशको निकास नहुने बताउनु भयो ।

नेता आचार्यले गत निर्वाचनबाट बहुमतको कम्युनिष्ट सरकारले कुनै राम्रा काम गर्न नसकेको भन्दै अबको देश विकासको विकल्प गठबन्धन मात्रै रहेको बताउनु भयो । उहाँले गठबन्धनले पनि देशलाई सही दिशा दिन नसके देशको अवस्था कल्पनायोग्य नरहने दाबी गर्नुभयो । उहाँले आम नागरिकको गठबन्धनप्रतिको मायाका कारण आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारहरु विजयी बन्ने सुनिश्चित रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो गठबन्धन पवित्र उद्देश्यले बनेको गठबन्धन हो । यदी यो गठबन्धनले संविधान रक्षा गर्न सकेन भने वृहत शान्ति सम्झौताका अपूर्ण कामहरु गर्न सकेनन् भने म दावाका साथ भन्नसक्छु, यो देशको निकास हुन्न भन्नेकुरा बुझ्न जरुरी छ । चुनावी अभियानमा उम्मेदवार बन्ने साथीहरुले आफ्ना कुराहरु जनताबीच राख्दछन् । राख्नेकुरा एउटा रह्यो । तर समयानुसार वस्तुगत कुरालाई नियालेर हेर्दा, २०७४ मा बनेको वाम सरकारले राम्रो काम गर्न सकेन ।

यो गठबन्धनले पनि देशलाई सही दिशा दिन सकेन भने यो देशको अवस्था कस्तो बन्छ कल्पना गर्न सक्नुहुन्न । गठबन्धनका उम्मेदवारहरुको विजयी सुनिश्चिततातिर गएको छ भन्ने मलाई लाग्छ ।’

उहाँले गठबन्धनका साझा उम्मेदवारहरुले रसुवामा निर्वाचन हारेमा पूरा रसुवावासीले नै हार्ने जिकिर गर्नुभयो । उहाँले रसुवा जिल्लाको भविष्य उज्वल बनाउन चुनावका लागि आवश्यक तयारी थाल्न पनि निर्देशन दिनुभयो । उहाँले केन्द्रदेखि प्रदेशबाट जनताले चाहेको विकासका लागि आवश्यक बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो ।