११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

२० युनिटसम्म खपत गर्नेलाई निःशुल्क बिजुली दिइने

२० युनिटसम्म खपत गर्नेलाई निःशुल्क बिजुली दिइने
अ अ+ अ-

काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरु अघि बढाउने भएको छ । 

बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पम्फा भुसालले प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरु अघि बढाउने जानकारी दिनुभएको हो । उहाँले प्रदेश नं. १ मा दुधकोशी र तमोर आयोजना अघि बढाउन लागेको बताउनुभयो । 

प्रदेश नं. २ मा ऊर्जाबाट विद्युत उत्पादन तयारी गरिएको, बागमतीमा कुलेखानी र सुनकोसी – ३, गण्डकी प्रदेशमा बुढीगण्डकी, लुम्बिनी प्रदेशमा नौमुरे, माडी, कर्णालीमा नलगाड र सुदुरपश्चिममा सेती जलविद्युत आयोजना उत्पादनको काम अगाडी बढाउने उहाँले बताउनुभयो । 

त्यसैगरी निर्माणाधिन आयोजना समयमै सम्पन्न गर्ने, निजी क्षेत्रबाट निर्माणाधिन आयोजनाहरु छिटो सम्पन्न गर्न आवश्यक समन्वय, सहजीकरण र अनुगमनको कार्यलाई प्रभावकारी बनाउने, निर्माणाधिन प्रसारण लाइनहरु तोकिएको समयमा सम्पन्न गर्न आवश्यक संयन्त्र बनाएर अनुगमनको कामलाई अगाडी बढाएर समयमै त्यसलाई सम्पन्न गर्ने र समयमै गुणस्तरीय काम गर्नेलाई पुरस्कार तथा नगर्नेलाई दण्ड गर्ने आगामी कार्ययोजना रहेको उहाँले बताउनुभयो ।

मन्त्री भुसालले कालीगण्डकी, मस्र्याङ्दी, कोसी, दोर्दी, चिलिमे, खिम्ति–काठमाडौं, मस्र्याङदी–काठमाडौं आदी करिडोरका प्रशारण लाइनहरु सम्पन्न गर्ने, इनरुवा–ढल्केवर–हेटौँडा ४०० केभी लाइनलाई निर्माण सम्पन्न गर्ने, बुटवल–गोरखपुर, बुटवल–अत्तरिया, कर्णाली करिडोर, भेरी करिडोर, सेति कोरिडोर, कोसि कोरिडोरको ४०० केभि प्रसारण लाइनहरु निर्माणका लागि अगाडी बढाउने पनि बताउनुभयो । त्यस्तै सबै जिल्लामा २ वर्षभित्र पूर्ण रुपमा विद्युतिकरण गर्ने, राष्ट्रिय प्रसारण लाइन भौगोलिक कारणले पुग्न नसकेका ठाउँमा वैकल्पिक ऊर्जाद्धारा सबै नेपाललाई विद्युतिकरण गर्ने मन्त्री भुसालले बताउनुभयो । 

उहाँले मन्त्रालयले आगामी दिनमा वितरण लाइन तथा सबस्टेशनहरुको क्षमता वृद्धि गर्दै वितरण प्रणालीको गुणस्तरलाई सुधार गर्ने, सहरी क्षेत्रको विद्युतिकरणलाई भुमिगत गर्ने र विस्तार गर्ने, देशभर स्मार्ट मिटर जडानलाई बिस्तार गर्ने, सबस्टेशनलाई अटोमेशन गर्ने, चोरी तथा चुहावट नियन्त्रणलाई प्रभावकारी ढंगले अगाडी बढाउने बताउनु भयो । हाल १६.९३ प्रतिशत चुहावट छ त्यसलाई १४ प्रतिशतमा झार्ने कार्यक्रम अघि सारेको पनि उल्लेख गर्नुभयो ।

मन्त्री भुसालले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन खेतीयोग्य जमिनहरुमा विद्युतिकरणका कार्य अगाडी बढाउने, सबै कृषियोग्य जमिनमा सिचाइको व्यवस्था पु¥याउने तथा कृषिको उत्पादन बढाएर खाद्यान्नमा आत्मनिभएर बनाउने पनि उल्लेख गर्नुभयो । उहाँले २० युनिटसम्म बत्ति बाल्ने गरिब, विपन्न जनतालाई निःशुल्क विद्युत दिने, आयातित ग्याँसलाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युतको उपभोग बढाउन अभिप्रेरित गर्नका लागि विद्युत महशुल दरमा पनि समायोजन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । त्यस्तै किसानलाई सिचाइँमा प्रयोग हुने विद्युतमा अधिकतम सहुलियत गर्ने पनि निर्णय गरेको छ । 

‘विदेशी ग्याँस छोडौँ, स्वदेशी बिजुली जोडा’ैँ भन्ने नाराका साथ विद्युतिय चुल्होको प्रयोग बढाउँदै लैजाने पनि उहाँले स्पष्ट पार्नुभयो । यसै वर्षभित्र ५० ओटा विद्युतिय गाडी चार्जिङ स्टेशन बनाउने तथा हेभि ड्युडीका गाडी बाहेक ऊर्जा मन्त्रालय मातहका कार्यालयले विद्युतिय गाडी खरिद गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले जल तथा मौसम विज्ञान विभागले विश्वसनीय र भरपर्दो जल तथा मौसम सेवा उपलब्ध गराउने, स्यालो ट्यूवेल सिमान्तकृत र साना कृषकहरुको जीवनस्तर उठाउने माध्यम भएको भन्दै विद्युत बढी माग हुने समयमा महशुलमा ८० प्रतिशत र अन्य समयमा पूर्ण रुपमा छुट दिने पनि बताउनुभयो । यसअघि सञ्चालनमा आइ विद्युत महसुलको बक्यौताका कारण सञ्चालन हुन नसकेका डिप ट्यूवेलहरुको जरिवाना मिनाहा गरिने पनि उहाँले बताउनुभयो ।