४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरीको स्थानमा उनका बुवा चुनाव लड्ने



फाईल फोटो
अ+ अ-

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी खारेज भएसंगै बर्दिया क्षेत्र नम्बर २बाट उनको बुवा चुनाव लड्ने भएका छन् ।

चौधरीको बुवा लालवीर चौधरीले सोहि क्षेत्रबाट स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । चौधरीको उम्मेदवारी खारेज हुनसक्ने पूर्वानुमान गरेर नै बर्दिया क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले बताएकी छिन् ।

निर्वाचन आयोगले मंगलबार मात्र चौधरीको उम्मेदवारी खारेज गरिदिएको थियो । चौधरी टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका छन् ।