२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका ल्याउने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कमिटी बैठकले पार्टीको १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका ल्याउने भएको छ ।   नेपाली कांग्रेस केन्द्रीय कमिटीको बैठक बिहीवारदेखि शुरु भएको छ प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा शुरु भएको बैठकमा पार्टीका महामन्त्री पूर्ण बहादुर खड्काले पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिले निर्माण गर्नेगरी प्रस्ताव पेश गर्नुभएको र केन्द्रीय कार्यसमिति सदस्यहरुको सुझाव बमोजिम १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका आउने प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

बिहीवारको बैठकमा महामन्त्री खड्काले केन्द्रीय निर्वाचन समितिले पारित गरेर पठाएको निर्वाचन निर्देशिका प्रस्तुत गर्नुभएको र निर्देशिकाबारे छलफल गरी प्राप्त हुने राय, सुझाव बमोजिम बैठक सकिदा निर्देशिका पारित गरिने पनि प्रवक्ता शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘बैठकमा केन्द्रीय कार्यसमितिले कार्यतालिका निर्माण गर्नेगरी, कार्यतालिका कहिले सुरु गर्दा उचित हुन्छ भन्ने सन्दर्भमा बैठकमा प्रस्ताव प्रस्तुत भएको छ । केन्द्रीय कार्यसमिति सदस्यको सुझाव बमोजिम १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका ल्याउनेछौँ ।’

बैठकमा क्रियाशिल सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको तर्फबाट विवरण राख्नुभएको तथा समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समायोजन समितिले यस अवधिमा गरेका कामको विषय राखेको पनि उहाँले जानकारी दिनुभयो । कांग्रेसको केन्द्रीय कमिटी बैठकमा सरकार सञ्चालन, कोरोना महामारी नियन्त्रणको सम्बन्धमा पनि छलफल हुने उहाँले बताउनुभयो ।