७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा सदस्य पदबाट खिमलाल भट्टराईको राजीनामा स्वीकृत



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता खिमलाल भट्टराईले राष्ट्रिय सभा सदस्य पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

भट्टराईको राजीनामा स्वीकृत भएको र उनको पद खाली भएको संसद् सचिवालयले मंगलवार सूचना प्रकाशित गरेको छ । भट्टराई राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता थिए ।

भट्टराईले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिनका लागि राजीनामा दिएका थिए । यद्यपि, उनको उम्मेदवारी पार्टीको तर्फबाट कायम हुन भने सकेन । उनले रुपन्देही ५ बाट प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गराएका थिए ।

सोही क्षेत्रबाट एमालेका तर्फबाट बासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराएका थिए । रुपन्देही ५ मा एमालेका दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन आयोगले बासुदेव घिमिरेलाई एमालेको आधिकारिक उम्मेदवारको मान्यता दिएको थियो ।

यो पनि पढ्नुहोस्ः रुपन्देही ५ मा एमाले उम्मेदवार घिमिरेलाई आधिकारिकता, खिमलालको सांसद् पद पनि गुम्यो