१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही ५ मा एमाले उम्मेदवार घिमिरेलाई आधिकारिकता, खिमलालको सांसद् पद पनि गुम्यो



अ+ अ-

काठमाडौँ । मंसिर ४ मा हुन गइरहेको आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा (एमाले)को तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाएका छन् ।

आइतबार सो क्षेत्रमा एमालेबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए । घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १९ को (९) बमोजिम दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एक भन्दा बढी व्यक्तिको लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एक भन्दा बढी उम्मेदवारको मनोयनपत्र पेश भएमा पहिले मनोनयनपत्र दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने उल्लेख छ । जसअनुसार घिमिरेले आधिकारिकता पाएका हुन् ।

यता, राष्ट्रियसभामा एमालेका सचेतक रहेका भट्टराईको सांसद पद पनि गुमेको छ, भने उनले रुपन्देही ५ मा उम्मेदवार समेत बन्न पाएनन् ।

राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर भट्टराईले यसअघि वासुदेव घिमिरेलाई दिएको पत्र भुलवश भन्दै पार्टीको अर्को पत्रसहित दर्ता गराएको भएपनि निर्वाचन आयोगले भट्टराईको दाबीलाई खारेज गरी घिमिरेको उम्मेदवारी कायम गरेको हो ।