सनातन एवं हिन्दू धर्मशास्त्रमा प्रत्येक पंञ्चमी तिथि लाई नागदेवताकाे तिथिका रुपमा पुजा गरिने शास्त्रीय प्रमाण रहेकाे छ । यसका अतिरिक्त नागलाई भगवान् शिवकाे मुख्य आभूषणका रुपमा पनि पुजा गर्ने गरिएको छ । त्यसकारणले पनि श्रावण शुक्लपक्षकाे पञ्चमी तिथिलाई मुख्य रुपमा नाग पुजाकाे पर्वका रुपमा मनाउने प्रचलन सदीयौंदेखि चलिआएको छ । धार्मिक आस्थाका प्रतिकका रुपमा पनि यस दिन विशेष नगदेवताकाे पुजागर्ने शास्त्रीय प्रमाण रहेकाे छ । वैदिक ग्रन्थमा १२ प्रकारका नागहरुकाे व्याख्या गरिएकोछ।
अनन्त,वासुकि,शेष,पधद्म,कम्बला,कर्काेटक,अश्वभतरा,धृतराट्र,शङ्कपला,कालिया,तक्षक र पिङ्गला गरि १२ प्रकारका नागहरुकाे पुजा गर्ने गरिएको छ ।
यसवर्ष श्रावण २९ गते शुक्रबारका दिन परेकाे कारणले पनि यसलाई अगस्त नाग पञ्चमी भनेर व्याख्या गरिएको छ । पूर्णरूपमा पृथ्वीको भारलाई धारणा गर्नसक्ने शेषनाग भगवान् शिवजीकाे मुख्य गहनाका रुपमा रहेर देव,दानव तथा किन्नर लगाएतलाई पुजागर्ने पर्वका रुपमा रहेकाे उल्लेख गरिएको छ ।
यसदिन विशेष रुपमा नागकाे पुजा गर्नाले हरेक प्रकारका दुख,कष्ट समाप्त भई राहु र केतु ग्रहबाट पर्नगएकाे नागदाेष तथा पितृ दाेष पनि शान्ति हुने शास्त्रीय नियम रहिआएको छ । प्राण प्रतिष्ठा गरिएको शिवलिंगमा चादिबाट बनाईएकाे नाग र नगिन अथवा धातुबाट निर्माण गरिएको नागकाे प्रतिमा पुजागरेर दान गरेमा सम्पूर्ण पितृ दाेष तथा नागदाेष शान्ति हुने प्रमाण शास्त्रमा उल्लेख गरिएको छ । आजकाे दिन "सरिसृप" अर्थात घस्रेर जमीनमा हिड्ने जीवहरुकाे पूजा अर्चना गरिने विशेष दिन हाे ।
नाग अंकित चित्र तथा प्रतिमा बनाएर विशेष वैदिक बिधि अनुसार पुजा गरेर घरकाे दैलामा गाईको गाेबर र दुबाे लिएर नाग टास्ने शास्त्रीय नियम रहेकाे छ । गाईकाे गाेबर भएकाे स्थानमा नागकाे भय नहुने भएकाले पनि गाेबरकाे पनि बिशेष महत्व रहेकाे शास्त्रमा उल्लेख गरिएको छ ।
यसकाे एतिहासिक सम्बन्ध महाभारतसँग जाेडिएकाे प्रमाण पाईन्छ । परिक्षित् नाग गरेका राजालाई तक्षक नाम गरेकाे नागेले टाेकेर उनकाे मृत्युु हुन्छ । उनका छाेरा जनमेजयले बुबाकाे मृत्युको बदलालिनका लागि संसारका सम्पूर्ण सर्पहरुलाई मार्ने कार्य प्रारम्भकालागि सर्पयज्ञ सुरुगरे र उक्त यज्ञमा सिद्ध ऋषिमुनी तथा साधु पण्डितहरुलाई आमन्त्रण गरेकाे प्रमाण उल्लेख गरिएको छ । उक्त यज्ञमा तक्षक नाग बाहेक सम्पूर्ण सर्पहरु भस्म भएकाे महाभारतमा उल्लेख गरिएको छ । यसदिन नागदेवतालाई दूध र दुधबाट बनाईएकाे परिकार चढाउने नियम रहिआएको छ ।