• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल

गठबन्धनलाई बलियो बनाउन वरिष्ठ नेता पौडेलको आग्रह



file

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई बलियो बनाएर निर्वाचनमा जान आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस तनहुँको कार्यालयमा आज बसेको गठबन्धनका दलका नेताहरुको बैठकमा वरिष्ठ नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धनलाई बलियो बनाउनुको विकल्प नभएको बताउनुभयो ।

तनहुँका चार प्रदेशसभा क्षेत्रमा गठबन्धनको घटक नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उम्मेदवारी दर्ता भएका विषयमा पौडेलले उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गर्नुभयो । “गठबन्धन जिल्लाबाट नभई केन्द्रबाटै भएको हो, यस विषयमा विचार गरेर उम्मेदवारी फिर्ता लिनुस्”, पौडेलले भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै प्रदेश(क) अन्तर्गत सत्तारुढ गठबन्धनतर्फ नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ र नेकपा (माओवादी केन्द्र)बाट हरिबहादुर चुमानले उम्मेदवारी दर्ता गराउनुभएको छ । तनहुँका चार प्रदेशसभा क्षेत्रमा नेकपा (एकीकृत समाजवादी) को पनि उम्मेदवारी परेको छ ।

यसैगरी निर्वाचनको तयारीस्वरुप तनहुँ क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनको बैठक सम्पन्न भएको छ । बैठकले गठबन्धनलाई बलियो बनाएर जनतामाझ जाने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो ।

बैठकमा सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शङ्कर भण्डारी, प्रदेश(क) का उम्मेदवार राजेन्द्रकेशरी न्यौपाने, प्रदेश (ख)का उम्मेदवार जीतप्रकाश आले, नेपाली कांग्रेस केन्द्रीय सदस्य धु्रव वाग्ले, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य आशा कोइरालालगायत नेताको उपस्थिति थियो ।