११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

तीस करोडको लागतमा कारागार भवन बनाईदै

तीस करोडको  लागतमा कारागार भवन बनाईदै
अ अ+ अ-

विराटनगर । विराटनगर महानगरपालिकाको हाटखोलामा अत्याधुनिक जिल्ला कारागार भवन निर्माण  गर्न लागिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निर्माणाधिन भवन शिलान्यास गर्दै यसको गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले भवनमा बस्ने कैदीबन्दीको जीवन सुरक्षा गर्नु राज्यको दायित्व भएकाले निर्माणमा कुनै कमी कमजोरी हुन नहुनेमा जोड दिनुभयोे ।

मूल्य अभिवृद्धि करबाहेक रु ३० करोड ८३ लाखको लागतमा निर्माण गर्न लागिएकोे सो भवन आशिष, आशीर्वाद, स्वामी नारायण जेभीले बोलपत्र कबुल गरेको छ । विसं २०८० पुस २४ गतेभित्र निर्माण गरिने सो भवन ३६ हजार ८८३ वर्गफिटको हुने सङ्घीय आयोजना कार्यान्वयन एकाइका प्रमुख गङ्गाप्रसाद यादवले जानकारी दिनुभयो ।

कूल १० कठ्ठा १० धुर जग्गामा निर्माण गर्न लागिएको सो भवनमा महिला र पुरुष कैदी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, प्रशासन, कारागार प्रमुख, चमेनागृह र आगन्तुकका लागि अलग–अलग कक्ष रहने छ । भवन निर्माणका  लागि शहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराएको थियो ।

हाल जिल्ला कारागार भएकै ठाउँमा बन्ने सो भवनमा महिला कैदीका लागि ८८ शय्या र पुरुष कैदीका लागि २५० शय्या हुनेछ । हाल पुरानो कारागारमा ७१ महिलासहित ९२९ कैदीबन्दी रहेको कारागार प्रशासनका कर्मचारी रामप्रसाद पोखरेलले जानकारी दिनुभयो । नयाँ भवन बनेपछि पनि पुरानो भवनलाई कैदीबन्दीकै लागि प्रयोग गरिने भएको छ । कारागारको कूल क्षेत्रफल तीन बिघा जग्गा छ । 
 सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नयाँ भवन कैदीबन्दीका लागि निकै सहज हुने बताउनुुभयो ।

निर्माण कम्पनीका प्रमुख केशर बुढाथोकीले राज्यले लगानी गरेको यस प्रकारको भौतिक सम्पत्तिमा कुनै कमी हुन नदिने र निर्धारित समयमै भवन निर्माण गरिने प्रतिबद्धता जनाउनुभयो । रासस