१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

चुनावी मनोनयन दर्ताः शीर्ष नेताहरु कसैले वारेस पठाए, कोही आफैँ पुगे(भिडीयोसहित)

चुनावी मनोनयन दर्ताः शीर्ष नेताहरु कसैले वारेस पठाए, कोही आफैँ पुगे(भिडीयोसहित)
अ अ+ अ-

काठमाडाैंः आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको चुनावी मनोनयन दर्ताको समय सकिएको छ ।

आईतवार बिहान विभिन्न दलका नेताहरुले आफ्नो निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा गइ चुनावी मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफँै वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने व्यवस्था गरेको थियो । चुनावी मनोनयन दर्ताका लागि शीर्ष नेताहरु कोही आफैं सहभागी भएका छन् भने कसैले वारेस पठाएर मनोनयन दर्ता गराएका छन् ।

आसन्न चुनावका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी मनोनयनपत्र उनकी पत्नी आरजु राणाले दर्ता गराउनुभएको छ । काँग्रेस नेतृसमेत रहनुभएकी राणाले आईतवार दिउँसो २:२३ बजे देउवाको नाम मनोनयन दर्ता गराउनुभएको हो । सभापति देउवाले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको यो सातौं पटक हो । काँग्रेस सभापति देउवा वि.सं. २०४८ साल यता डडेलधुराबाट सांसद बन्दै आउनुभएको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दिउँसो २ बजे मनोनयन दर्ता गराउनुभएको छ । अध्यक्ष ओलीले आफैँ झापामा उपस्थित भएर उम्मेदवारी मनोनयन गराउनुभएको थियो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गोरखा २ बाट मनोनयन दर्ता गराउनुभएको छ । उहाँले मनोनयन दर्ताका क्रममा यसअघि गोरखा २ बाट चुनाव जित्दै आउनुभएका बाबुराम भट्टराई र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई लाई साथमा लगेर आफैँले मनोनयन दर्ता गराउनुभएको हो ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले रौतहट पुगेर मनोनयन दर्ता गराउनुभएको छ भने पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलामको क्षेत्र–१ बाट मनोनयनपत्र दर्ता गराउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा पुगेर मनोनयन दर्ता गराउनुभएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले महोत्तरीको क्षेत्र–३ बाट र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सप्तरीको क्षेत्र–२ बाट मनोनयनपत्र दर्ता गराउनुभएको छ ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा, गृहमन्त्री बालकृष्ण खाँण लगायत अन्य नेताहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा गएर आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मनोनयन दर्ता गराउनु भयो ।

मनोनयन दर्ताको क्रम साँझ ५ बजेसम्म रहने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गतेका लागि तोकिएको छ । प्रत्यक्षतर्फ देशभरका एक सय ६५ प्रतिनिधि सभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न लागिएको छ ।

आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाअनुसार मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशनको समय असोज २३ गते नै साँझ ५ देखि ७ बजेसम्म र उम्मेदवारको बिरोधमा उजुरी दिने समय असोज २४ गते बिहान १० देखि अपरान्ह ३ बजेसम्म तोकेको छ ।

मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपरान्ह ३ देखि २५ गते साँझ ५ बजेसम्म रहेको छ । उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्न २६ गते अपरान्ह ४ देखि साँझ ७ बजेसम्म तोकेको छ ।