१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

रौतहटमा प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी, एमालेको टिकट लिन मानेनन्

रौतहटमा प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी, एमालेको टिकट लिन मानेनन्
अ अ+ अ-

रौतहट निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले आफ्नो मनोनयन स्वतन्त्रबाट दर्ता गराउनुभएको छ ।

पार्टीले टिकट दिए पनि उहाँले स्वतन्त्रबाट मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पार्टीभन्दा जनता र कार्यकर्ता ठूलो भएकाले स्वतन्त्रबाट मनोनयन दर्ता गराएको साहले जानकारी दिनुभयो ।

पार्टीभित्र खासै सक्रिय नरहेका र पार्टी नेतृत्वप्रति माैन रहनु भएका साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका प्रति धेरैले चासोपूर्वक हेरेका छन् ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो गृह जिल्ला राैतहटबाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराउनुभएको छ ।

राैतहटमा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल मनोनयन पत्र दर्ता गर्दै ।

रौतहट निर्वाचन क्षेत्र नं १ बाट उहाँले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराउनुभएको हो । पाँचदलीय गठबन्धनका तर्फबाट पूर्वप्रधानमन्त्री नेपालले मुख्य निर्वाचन अधिकृतको कार्यालयमै पुगेर पहिलो नम्बरमा मनोनयन दर्ता गाराउनुभएको हो ।

गौर नगरपालिकाका प्रमुख एवं नेकपा (एकीकृत समाजवादी) रौतहटका नेता शम्भु साहको प्रस्ताव तथा राजदेवी नगरपालिकाका प्रमुख एवं कम्युनिष्ट नेता भिखारीप्रसाद यादवको समर्थनमा पूर्व प्रधानमन्त्री नेपालले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मनोनयन दर्ता गराउन नेपालको समर्थनमा निस्केको जुलुसमा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य सत्यनारायण भगत, दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहलगायतको सहभागिता थियो ।