२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पाण्डेको धादिङ क्षेत्र नं १ बाट प्रनिनिधिसभा सदस्यमा उम्मेदवारी



अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतिनिधिसभा सदस्य पदका लागि धादिङ क्षेत्र नंं १ बाट उम्मेदवारी दिनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) धादिङका सचिव सुवास खतिवडामार्फत गल्छी गाउँपालिका–६ महादेवस्थनमा मुख्यमन्त्री पाण्डेको मनोनयनपत्र दर्ता गरिएको हो ।

एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री पाण्डे सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि धादिङ–१ बाट उम्मेदवार हुनुभएको हो ।

विसं २०४३ मा जनपक्षीय उम्मेदवारका रूपमा धादिङ जिल्ला पञ्चायतको सभापति पदमा विजयी हुनुभएका नेता पाण्डेलाई शासन व्यवस्थाको विरोध गरेवापत तत्कालीन पञ्चायती शासकले पदीय जिम्मेवारीबाट हटाई राजकाज अपराधअन्तर्गत तीन वर्ष जेल सजाय र रु तीन हजार जरिवाना गरेको थियो ।

बहुदलीय व्यवस्था पुनःस्थापनापछि नेता पाण्डे जेलमुक्त हुनुभएको हो । विसं २०६४ को निर्वाचनबाहेक २०४८ पछि मुलुकमा सम्पन्न सबै संसदीय निर्वाचनमा धादिङबाट निर्वाचित भई २०६३ मा उहाँ स्थानीय विकासमन्त्रीसमेत हुनुभएको थियो ।

यसअघि विसं २०७४ मा भएको निर्वाचनमा उहाँ धादिङ क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । नेकपा (एमाले)बाट विद्रोह गरी गठन भएको नेकपा (एकीकृत समाजवादी)को तर्फबाट उहाँ बागमती प्रदेशका मुख्यमन्त्री हुनुहुन्छ ।

आमा मनमाया पाण्डेको यही असोज १३ गते निधन भएपछि मुख्यमन्त्री पाण्डे हाल काठमाडौँ स्वयम्भूमा किरियाकर्ममा हुनुहुन्छ ।