काठमाडौँ । चालू आर्थिक वर्षमा मूल्यवृद्धिदर साढे ६ प्रतिशत कायम गर्ने लक्ष्य नेपाल राष्ट्र बैंकले राखेको छ । गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७८/८९ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दै राष्ट्र बैंकको लक्ष्य सार्वजनिक गर्नुभएको हो ।
यसैगरी बिदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा एक प्रतिशत थप ब्याज दिइने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ च्यानलबाट रकम पठाएर बचत गरेमा थप ब्याज दिने व्यवस्था मौद्रीक नीतिले गरेको छ । (मौद्रिक नीतिको पूर्णपाठ)